विप्लवका जिल्ला इन्चार्ज रिहालगत्तै पक्राउ

विप्लवका जिल्ला इन्चार्ज रिहालगत्तै पक्राउ

परासी : नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम नवलपरासी जिल्ला इन्चार्ज 'सुमन' उपनामका गंगा प्रसाद ज्ञवाली अदालतबाट रिहा भएलगत्तै पक्राउ परेका छन् । धरौटी रकम बुझाएर निस्कदै गरेका ज्ञवालीलाई माइक्रो बस लिएर पुगेका सादा पोशाकका प्रहरीले शुक्रबार दिउँसो अदालतको मुल गेट नजिबाटै पक्राउ गरेको हो। 

४० हजार धरौटी नबुझाएपछि उनलाई गत जेठ १३ गते कारागार चलान गरेको थियो । रिहा भएलगत्तै ज्ञवालीलाई पक्राउ गर्न खोजेपछि प्रहरी र आफन्तजनबीच केही बेर घम्साघम्सी भएको थियो । पक्राउ पूर्जी बिना पक्राउ गर्नु राज्य आतंकको परकाष्ठ भएको भन्दै आफन्तले सरकारको आलोचना गरेका थिए ।  

रुपन्देहीको देवदह नगरपालिका ३ घर भएका ज्ञवालीलाई विप्लव समूहले जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि केही वर्षदेखि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा बस्दै आएका थिए । गत २०७५ चैत ११ गते बर्दघाटबाट पक्राउ परेका ज्ञवालीलाई 'आगो लगाएको' अभियोगमा मुद्दा चलाइएको छ । धरौटी बुझाएपछि ज्ञवालीलाई मंसिर ११ गते हाजिर हुने गरी रिहा गरेको थियो । 

यसअघि नवलपरासी कारागारमा थुनामा रहेका ८ जना विप्लव समूहका कार्यकर्ता प्रशासनसमक्ष लिखित निवेदनसहित आत्मसमर्पण गरेर रिहा भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.