शृंखलाको पहलमा स्वास्थ्य चौकी

शृंखलाको पहलमा स्वास्थ्य चौकी

मकवानपुर : ७० वर्षीय श्यामबहादुर चेपाङ दमको रोगी छन्। जाडो महिनामा उनले मृत्युसँग पौठेजोरी नै खेल्नुपर्छ। पछिल्लो समय बुढ्यौलीका कारण उनको शरिरले झनै साथ दिन छाडेको छ। उनी घरबाट ३ घण्टा उकालो चढेर भार्ता स्वास्थ्य चौकी जान पनि सक्दैनन्। तर शुक्रबार हातभरी औषधी बोकेर घर फर्कँदै गर्दा उनको अनुहार चम्किलो देखियो।

घरबाट पाँच मिनेटको दुरीमा स्वास्थ्य चौकी स्थापना भएपछि उनमा धेरै बाँच्ने आस पलाएको छ। ‘आगनमै अस्पताल आयो, अब बाँच्न सजिलो हुन्छ होला’, चेपाङले भने, ‘जाडो महिना आयोकी दमले हैरान पार्छ।’

चेपाङ बहुल मकवानपुरको कैलाश गाउँपालिका–७ ताम्लाङमा स्वास्थ्य चौकी बनेपछि स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीय उत्साहित छन्। यो स्वास्थ्य चौकी निर्माण संयोजन मिस नेपाल २०१८ शृंखला खतिवडाले गरेकी हुन्। मिस वल्र्ड २०१८ मा समावेश गरिएको ‘ब्युटी विथ प्रपोज’ उपाधिका लागि शृंखलाले ताम्लाङमा स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन्। निर्माण सुरु गरेको डेढ वर्षपछि उनले शुक्रबार समुदायलाई स्वास्थ्य चौकी हस्तान्तरण गरेकी हुन्। ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको स्वास्थ्य चौकीको नाम ङिको स्वास्थ्य चौकी राखिएको छ। चेपाङ भाषामा ङि कोको अर्थ हाम्रो भन्ने हुन्छ।स्वास्थ्य चौकीमा बिरामी जाँच गर्दै स्वास्थ्यकर्मी।

शृंखलाका बुवा तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र आमा प्रदेशभा ३ की सदस्य मुनु सिग्देलको उपस्थितीमा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले स्वास्थ्य चौकी उद्घाटन गरेका हुन्। कैलाश गाउँपालिका–७ र राक्सिराङ गाउँपालिका–४ का करिब ७ सय परिवार यस स्वास्थ्य चौकीबाट लाभान्वित हुने खतिवडाले बताइन्। पहिलो पटक तामलाङ पुग्दा स्थानीयवासीको स्वास्थ्य अवस्था देखेर आफू भावुन भएको स्मरण गर्दै उनले भनिन्, ‘जीवनमा एउटा सत्कर्म गरेजस्तो लाग्छ। आज म धेरै खुशी छु।’

विभिन्न दाताबाट सहयोग जुटाएर निर्माण गरिएको यस स्वास्थ्य चौकीमा कैलाश गाउँपालिकाले एक÷एक जना अनमी र एचए करारमा राखेको छ। ‘नयाँ स्वास्थ्य चौकी भएकाले दरबन्दी स्वीकृत गरेर स्वास्थ्यर्की ल्याउन पहल थालेका छौं’, गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘स्वास्थ्यर्कीको अभावमा यहाँ उपचार रोकिने अवस्था भने आउन दिन्नौं।’मिस नेपाल २०१८ शृंखला खतिवडा र प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल स्वास्थ्य चौकी भवन हस्तान्तरण गर्दै।


                                    


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.