उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

उदयपुर  : कटारी नगरपालिका-८ घुम्तिमा शनिबार राती मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। सिद्धिचरण लोकमार्गअन्र्तगत वेतेनी भन्ज्याङबाट कटारीतर्फ आउँदै गरेको स.११.प.३२२८ मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कटारी नगरपालिका- ३ का ३७ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।

दुर्घटना लगत्तै स्थानीयले कार्की र मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय नवराज कुँवरलाई उद्धार गरी कटारी अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए। कार्कीको उपचारकैक्रममा अस्पतालमा मृत्यु भएको एसपी मगरले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.