ब्यालेट नाचबाट जिम्न्यास्टिकमा

ब्यालेट नाचबाट जिम्न्यास्टिकमा

जिम्न्यास्टिक खेलाडी लरिसा ल्याटिनिनाको पूरा नाम लरिसा सिमियोनोभ्ना ल्याटिनिना हो। उनी सन् १९३४ मा युक्रेनमा जन्मिएकी हुन्। उनी रूसकी खेलाडी हुन्। उनले सन् १९५६ देखि १९६४ सम्म १४ वटा व्यक्तिगत ओलम्पिक मेडल र चार वटा समूहगत पदक जितेकी थिइन्।

ओलम्पिक खेलमा जिम्न्यास्टिकमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने उनै हुन्। यस खेलमा रुसलाई एक प्रमुख शक्तिको रूपमा स्थापित गर्न उनको महŒवपूर्ण भूमिका रहेको छ।

उनको युक्रेनमा जन्म भएको थियो। उनका बुबा सिम्योन एन्ड्रिभिच डिरीले उनी ११ महिनाको हुँदा परिवारलाई छाडेर गएका थिए। उनी आमासँगै हुर्किइन्। आमा पढेलेखेकी थिइनन्। उनी दिनमा सरसफाइको काम गर्थिन् भने रातमा वाचम्यानको काम गर्थिन्। उनका बुवा स्टालिनग्राद लडाइँमा मारिएका थिए। उनले त्यहाँ मेसिनगन अपरेटरको काम गर्थे।

लरिसा सुरुमा ब्यालेट नाचको अभ्यास गर्थिन्। नृत्यपछि उनले करियोग्राफरको काम गरिन्। यसको केही समयपछि जिम्न्यास्टिक सुरु गरिन्। सन् १९५३ मा उनले स्नातक उत्र्तिण गरिन् र युक्रेनको राजधानी क्याभमा गइन्। त्यसपछि उनी लेनिन पोलिटेक्निक इन्स्टिच्युट गइन् र स्पोटर्् सोसाइटीमा आफ्नो जिम्न्यास्टिकको तालिम लिन सुरु गरिन्।

उनले १९ वर्षको हुँदा सन् १९५४ मा रोम वल्र्ड च्याम्पियनसिपमा भाग लिएकी थिइन्। त्यतिबेला नै उनले स्वर्ण पदक जितिन्। जिम्न्यास्टिक खेल्ने र स्वर्ण पदक जित्ने उनको यात्रा यहीँबाट सुरु भयो।

सन् १९५६ को समर ओलम्पिकमा उनले हंगेरीको एग्नेस केलेटीसँग प्रतिस्पर्धा गरिन्। त्यहाँ पनि उनले स्वर्ण पदक जितिन्। एग्नेस कलेटीले ओलम्पिकमा १० स्वर्ण पदक जितेकी थिइन्।

सन् १९५८ को वल्र्ड च्याम्पियनसिपपछि उनी सबैभन्दा सफल ओलम्पिक जिम्न्यास्टिक खेलाडी बनिन्। उनले ६ मध्ये पाँच खेल जितेकी थिइन्। त्यतिबेला उनी तीन महिनाकी गर्भवती पनि थिइन्। उनको खेलले सोभियत संघलाई जिम्न्यास्टिकमा चौथो स्थान दिलाउन सहयोग गर्‍यो। सन् १९६२ को विश्व च्याम्पियनसिपमा चेकोस्लोभाकियालाई हराउँदै उनले अल राउन्डर टाइटल समेत जितिन्।

सन् १९६४ देखि २०१२ सम्ममा उनी धेरै ओलम्पिक खेल जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा परेकी थिइन्। ओलम्पिक खेलमा धेरै स्वर्ण पदक जित्ने एक मात्र महिलाको कीर्तिमान पनि उनले नै राखिन्। सन् १९५६ र सन् १९६० को ओलम्पिक खेलमा उनले जिम्न्यास्टिकमा दुई पटक टिम स्वर्ण पदक, अल राउन्ड स्वर्ण र इभेन्ट फाइनल स्वर्ण एकै ओलम्पिकमा जितेकी थिइन्। कठिन परि श्रमले नै उनले १८ पदक जितिन्। विश्व च्याम्पियनसिपमा हरेक इभेन्टमा पदक जित्ने महिलाको सूचीमा उनी एक नम्बरमा पर्छिन्।

सन् १९६६ को विश्व च्याम्पियनसिपबाट उनले अवकाश लिएकी थिइन्। अवकाशपछि रूसको राष्ट्रिय जिम्न्यास्टिक टिममा प्रशिक्षकको रूपमा सन् १९७७ सम्म उनले काम गरिन्। उनको प्रशिक्षणमा सन् १९६८ र सन् १९७६ मा रूसको महिला टिमले स्वर्ण पदक जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.