त्रिचन्द्र क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटे

त्रिचन्द्र क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटे

काठमाडौं : त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले घेरेर न्यौपानेलाई सोमबार बिहान कुटेको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनलाई क्याम्पस परिसरमै विद्यार्थीले आक्रमण गरेका थिए। न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी सुवेदीले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.