प्रादेशिक हवाई उडानलाई छुट दिइने

प्रादेशिक हवाई उडानलाई छुट दिइने

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रादेशिक हवाई उडानलाई छुट दिइने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को मुल आयोजक समितिको पाँचौं बैठकमा बोल्दै पर्यटन मन्त्री योगेश भट्टराईले एक प्रदेशबाट आर्को प्रदेशमा उडान गर्ने आन्तरिक वायुसेवालाई सरकारले प्रबर्द्धन गर्ने बताए । 

आगामी हप्ता १० दिन भित्रमा उडानमा छुट दिने मन्त्री भट्टराईले बताए । मन्त्री भट्टराईले भने, 'निर्माण अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध बिमानस्थलबाट उडान र अवतरण गर्ने विदेशी वायुसेवालाई पनि आकर्षक छुट दिइनेछ।'

के कति छुट दिने भन्ने विषयमा पनि मन्त्री भट्टराईले १० दिन भित्रमा सरकारले निर्णय गर्ने जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.