नापी साँखुका अमिन ४ हजार घुससहित पक्राउ
काठमाडौं : नापी कार्यालय, साँखुका अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की पक्राउ परेका छन्। ४ हजार घुस लिँदालिँदै अमिन बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएकाे टोलीले नियन्त्रणमा लिएको हो।
शंखरापुर नगरपालिका-७ साँखुस्थित नापी कार्यालयका अमिन बुढाथोकीले सेवाग्राही ज्कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस लिएका थिए। दुबैलाई कार्यालय अगाडी रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।