५० वर्षे बावु, जो आफ्नै छोरीका प्रेमीसँग बिहे गरी जुम्ल्याहा बच्चा जन्माउँदैछन् !

५० वर्षे बावु, जो आफ्नै छोरीका प्रेमीसँग बिहे गरी जुम्ल्याहा बच्चा जन्माउँदैछन् !

लण्डन : बहिस्करणमा पर्दैआएको तेस्रोलिंगी तथा अन्य यौनिकता भएको समुदाय हकहितको लागि लड्दैआएको छ ।

अधिकांश मुलुकमा त 'सेम सेक्स म्यारिज' लाई कानूनी मान्यता पनि दिइएको छैन ।बेलायतमा भने एउटा यस्तो परिवार छ, जसले बाँकी संसारलाई नै चकित पारिदिएको छ । बेलायती 'गे' बावु, जसले आफ्नो पतिसँग ३२ वर्षे सम्बन्ध विच्छेद गर्दे आफ्नै छोरीका पूर्वप्रेमीसँग सम्बन्ध गाँस्दै छन् ।

यतिसम्म कि, उनी ती नयाँ 'पार्टनर'सँग जुम्ल्याहा बच्चा जन्माउने तयारीमा छन् ।५० वर्षीय बेरी ड्रेविट बर्लो २५ वर्षीय स्कट हचिसनसँग गहिरो प्रेममा छन् । साथै बेरी आफ्ना पूर्वपति र नयाँ जोडी स्कटसँगै अमेरिकामा एक विलाशी निवासमा बस्न थालेका छन् ।

बेरी र उनका पूर्वपति ५५ वर्षीय टोनी बेलायतमा औपचारिक रुपमा अभिभावकको परिचयपत्र पाउने पहिलो 'सेमसेक्स' जोडी थियो । उनीहरु कानूनी रुपमै १९९९ मा अभिभावक बनेका थिए । तर बेरी र २५ वर्षीय स्कटको प्रेम परेसँगै उनीहरु जोडीको रुपमा छैनन् । स्कट भने बेरीकी १९ वर्षीया छोरी स्याफ्रुनका पूर्वप्रेमी हुन् ।

रोचक त, बेरी र स्कट मिलेर परिवार बढाउने योजना बनाउँदै छन् ।डेलीमेलका अनुसार उनीहरु यतिबेला जुम्ल्याहा छोरी जन्माउन पहल गरिरहेका छन् । तर उनीहरुको सन्तान 'सरोगेसी' विधिबाट हुनेछ ।

बेरी भन्छन्, 'मैले सन्तान जन्माउने कुनै योजना बनाएको थिइनँ, तर स्कट सधैँ आफ्नै बच्चा होस् भन्ने चाहन्थ्यो । यदी उसले हामी अभिभावक बनौँ भन्ने चाहन्छ भने म उसलाई सहयोग गर्छु र उसँगै बच्चा जन्माउँछु ।'

बेरी, उनका पूर्वपति टोनी र नयाँ पार्टनर स्कट अमेरिकामा एकै छानामुनी बस्दैछन् ।तै पनि बेरी र टोनी सम्बन्ध विच्छेदको तयारीमा छन् । यससँगै टोनी आफ्ना सन्तानको 'गड फादर' बन्न चाहन्छन् ।

आफूहरुको सम्बन्ध र परिवारमा कुनै गोपनीयता र नकारात्मक भावना नहोस् भन्ने चाहेको बताउँछन् बेरी । 'अँ, यो अपरम्परागत तरिका हो । तर हामी हाम्रो परिवारलाई माया गर्छौँ र हाम्रो प्राथमिकता भनेको हाम्रा केटाकेटीका लागि स्थायी घर बनोस् भन्ने हो । जुन् अहिले विस्तार पनि हुँदैछ,' बेरीले भने । बेरीले थपे, 'यदी मानिसहरुले अचम्म ठाने भने ठीकै छ, त्यो उनीहरुकै समस्या हो ।'

गत साता मात्रै बेरीले आफ्ना नयाँ पार्टनर स्कटसँग 'डेट' गरे । र उनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक गर्दै अब विवाह गर्नेबारे बताइसकेका छन् ।उनीहरु आफ्नो जस्तो अपरम्परागत सम्बन्ध कसैको नरहेको दावी गर्छन् । तै पनि आफूहरु सामुहिक रुपमा जीउन चाहने बताउँछन् । जसलाई अन्तर्राष्ट्रिय मिडिया २१औं शताब्दिको सम्बन्ध र यथार्थमा आधुनिक जीवनशैली भन्दै व्याख्या गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.