हावाहुरीले जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट

हावाहुरीले जोमसोममा जहाज बस्न सकेन, पोखरातिर डाइभर्ट

जोमसोम : भेरियबल उच्च हावाको गतिका कारण पोखरा-जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ । बिहान ६:३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए ।

हिउँदयाम सुरु भएलगत्तै पोखरा-जोमसोम उडान घट्दै गइरहेको छ । सिजनको समय दैनिक १८ उडानसम्म भर्ने गरेको २ एयरलाइन्सका जहाजको मुस्ताङमा जाडो सुरु भएपछि उडान तालिका घटेको हो ।

बुधबार  तारा र सुमित एयरलाइन्सका २-२ गरी ४ वटा उडान रहेपनि उत्तरी हावाका कारण जहाज अवतरण हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक बिकले बताए ।' पोखराबाट उडेको जहाज जोमसोममा अवतरण गर्न लागिएको थियो । हावाको गति भेरियबल थियो ,' उनले भने, 'जहाजले धावनमार्ग छोएपनि जहाज अवतरण गर्न सकेन ।२ वटै जहाज जोमसोम आइपुगे पनि पोखरै फर्किए ।'

कार्यालय प्रमुख विकका अनुसार मुस्ताङमा ४७ नर्थको हावा चलेको बताए । यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन मुस्किल परेका कारण जहाज फर्किएको उनको भनाई छ ।

सामान्यतया जहाज अवतरणका लागि २० नर्थ देखि कम हुनुपर्नेमा अत्यधिक हावा प्रवाह भएको जनाए । मुस्ताङमा हावाको गति तीव्र बेगका कारण निलगिरी र धौलागिरी हिमाल आसपासमा फुर्रर हिउँ परेको छ । हावाको गतिले जोमसोम आसपासका स्थानमा धुलाम्मे भइरहेको छ भने मौसम पनि ढुम्म छ।

हिउँदयामसँगै पोखरा-जोमसोम हवाई उडान नियमित नभएको बिमानस्थलले जनाएको छ । मुस्ताङ उडान नियमित नभएपछि सदरमुकाम जोमसोम सुनसान बनेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.