खाली खुट्टै भत्ता पुझ्न पुग्छन् ज्येष्ठ नागरिक

खाली खुट्टै भत्ता पुझ्न पुग्छन् ज्येष्ठ नागरिक

रोल्पा : सुनछहरी गाउँपालिकाका अधिकांश ज्येष्ठ नागरिकको घरमा अरु आम्दानीको कुनै स्रोत छैन। नगद पैसा देख्नका लागि सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता नै हो। 

‘सरकारले दिने भत्ताले घरको ऋण धन तिर्न र मिठो चोखो खान सजिलो भएको छ’, सुनछहरी गाउँपालिका–३ बाहिरी गामका ज्येष्ठ नागरिक, एकल महिला, अपांग र दलित बालबालिकाले यस्तै प्रतिक्रिया दिन्छन्। 

मंसिर १० गतेदेखि ३ नम्बर वडा कार्यालयले टोलटोलमा पुगेर भत्ता वितरण गर्दै आएको छ। भत्ता लिन आएका यहाँका नागरिकमा खुशी छाएको छ। आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता विकट बाहिरी गामको वस्तीमै पुगेर जनप्रतिनिधि र कर्मचारीले वितरण गरिरहेका छन्। 

यहाँका अधिकांश ज्येष्ठ नागरिक जुत्ता चप्पल बिना पैदलै भत्ता लिन आइरहेका छन्। आर्थिक अवस्था कमजोर रहेका उनीहरुमा भत्ताले निकै खुशी दिएको छ। ‘चार÷चार महिनामा भत्ता रकम पाएपछि नुन, तेल, चामल किनेर खान सजिलो भएकोछ’, बाहिरी गाउँकी ८६ वर्षे धनसरा बुढा भन्छिन्,‘विरामी हँुुदा उपचार गर्न सजिलो हुन्छ।’ 

यहाँकै ७६ वर्षे मनपुरी बुढाको घरमा वृद्ध दम्पत्ति मात्र छन्। मनपुरीका श्रीमान विरामी छन्। उनीहरु दुबैले ज्येष्ठ नागरिकको भत्ता बुझ्दै आएको बताए। एक चौमासिकमा दुवै जनाको २४ हजार भत्ता हुन्छ। ‘यहीँ भत्ताकै भरमा हाम्रो घर व्यवहार चलेको छ’, मनपुरी भन्छिन्,‘छोराछोरी सबै बिते, हामी बुढाबुढीलाई हेर्ने र पैसा दिने कोही छैन, जे भएपनि सरकारले हेरेको छ।’ 

उनीहरुले भत्ताले नै उपचार गर्ने र खाने कुरा किनेर गुजारा गर्दै आएका छन्। खेत बारी चलाउन बुढ्यौली उमेरले नसक्ने भएकाले भत्ताकै भर पर्नु परेको छ। बाहिरी गामकी ७५ वर्षीय बनौरा बुढाले पनि भत्ताकै भरले नुन तेल किनेर खान सक्ने भएको बताउँछिन्। 

उनको परिवारका कसैको रोजगारी छैन्। परम्परागत खेती किसानी गरेर एक वर्ष पनि खान पुग्दैन। ऋण लिएर जिविका चलाउने अवस्थामा भत्ताले सघाएको बताउँछिन्। भत्ता लिन उनी पनि खाली खुट्टा आइन्। ढुंगाका गिट्टी सहितको अप्ठ्यारो गोरेटो बाटोमा खाली खुट्टा हिडेर यहाँका ज्येष्ठ नागरिक ओहोरदोहोर गर्नु सामान्य जस्तै भएको यहाँका समाजसेवी देउसिंह घर्तीमगर बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.