मुस्ताङमा ट्राफिकको १०३ कलिङ सेन्टर

मुस्ताङमा ट्राफिकको १०३ कलिङ सेन्टर

जोमसोम : जिल्ला ट्राफिक कार्यालय मुस्ताङले सदरमुकाम जोमसोममा १०३ टोल फ्री कलिङ सेन्टर स्थापना गरेको छ । मुस्ताङको ट्राफिक व्यवस्थापन, ट्राफ्रिक समस्या र आम पर्यटकको हितलाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक टोल फ्री सेवा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज बद्रीनाथ शर्माले जानकारी दिए ।

कार्यालयले संञ्चालनमा ल्याएको टोल फ्री कलिङ सेन्टरमार्फत ट्राफिकसँग सम्बन्धि समस्या, जिज्ञासा र सहजीकरण लागि जानकारी लिने सकिने इञ्चार्ज शर्माले बताए । उनका अनुसार कलिङ सेन्टरमा दुर्घटनाको जानकारी, बिरामीको उद्दारमा सहजीकरण, चालकको लापारवाही, बढी भाडा दर असुली, यात्रुलाई अपलत्र पारिएको, सवारी अपायक स्थानमा बिग्रिएर समस्यामा परेका, पर्यटकप्रति व्यवहार र कार्यशैली , पर्यटकलाई होटल व्यवस्थापनमा समन्वयीकरण, यात्रा क्रममा सवारी साधनमा सामान छुटेमा, चालक सर्तकता, चालकले अनिवार्य पालन गर्नुपर्ने नियम र पार्किङ व्यवस्थापनलगायतका बारेमा जानकारी उपलब्ध गराइने इञ्चार्ज शर्माले उल्लेख गरे ।

ट्राफिक कार्यालयले ल्याएको १०३ कलिङ सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने शर्माले बताए । यात्रा क्रममा मुस्ताङ आएका पर्यटक तथा तीर्थालुले कुनै पनि समस्या परेको अवस्थामा तुरुन्तै १०३ मा फोन गर्न सकिने र ट्राफिकले सहजीकरण गर्ने जानकारी दिए।

मुस्ताङमा ट्राफिक बस्न थालेको १० वर्ष पुग्दैछ । यसअघि अस्थायी दरबन्दी कायम रहेकोमा २ महिनाअघि मात्रै कार्यालयले स्थायी भएको हो । पछिल्लो समय कार्यालयले सडक छेउछाउका खाल्डा खुल्डी पुर्ने र चालकलाई ट्राफिक नियम बुझाउने अभियान सुरु गरेको इञ्चार्ज शर्माले खुलाए ।

मुस्ताङमा ९ जनाको स्थायी दरबन्दी भएपनि हाल ५ जना ट्राफिक कार्यरत छन् । उपल्लो मुस्ताङमा अझै ट्राफिकको पहुच पुगेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.