यौनबारे खुलेरै कुरा गर्छन् गाउँका किशोरी

यौनबारे खुलेरै कुरा गर्छन् गाउँका किशोरी

अछाम : यौन तथा प्रजनन स्वास्थ्य बारे कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेकका किशोरी अहिले यसबारे खुलेर बोल्न थालेका छन्। मंगलसैन नगरपालिका ३ बिसाकोटकी रत्ना साउँदलाई यसअघि विद्यालयमा यौन शिक्षाका बारेमा पढाइ हुँदा अप्ठेरो लाग्थ्यो । साथीभाइ र शिक्षकका अगाडि अनुहार नै रातोपिरो हुन्थ्यो । 

कक्षामा यौन शिक्षाको शीर्षक आउने वित्तिकै उनी ध्यान अर्कै ठाउँमा मोड्ने गर्थिन् । उनलाई अब लागिसकेको छ कि यौन शिक्षा पनि अपरिहार्य छ भनेर । शिवशक्ति बाल क्लबकी सदस्य समेत रहेकी साउँदलाई यौनसम्बन्धी तालिम पाएपछि त्यसबारे सहज भएको छ ।
 

'अब कुनै हिचकिचाहट हुँदैन, हामी क्लबको बैठकमा समेत खुलेरै आफ्नो यौन सम्बन्धी समस्या राख्ने गर्छौं, 'उनले भनिन्। यति मात्रै होइन् अहिले उनी आफूभन्दा कम उमेर समूहका किशोरीलाई उमेर बढ्दै जाँदा, किशोरीमा आउने परिवर्तनको बारेमा सिकाउने समेत गर्छिन्।

'उमेर बढ्दै जाँदा किशोरीको महिनावारी, स्तन वृद्धि  र आवाजमा केही परिवर्तन आउने बारे बहिनीलाई सिकाउने गरेकी छु, यस्तो उमेरमा उनीहरुलाई अनौठो लाग्ने कुराहरु पनि बताउँछु,' साउदले भनिन्।

साँफेबगर नगरपालिका ४ मष्टमाण्डौं रेडियो श्रोता क्लबका सदस्य करिष्मा दासलाई पनि पहिले साथीले जिस्काउँदा खुलेर प्रतिवाद गर्न सक्ने आँट आउथेन। तर, केही समय पहिले वृहत यौनिकता शिक्षा सम्बन्धी तालिम लिएपछि उनमा पनि अहिले आफूमाथि आइपर्ने समस्याको सामना गर्न आँट आएको छ।

'पहिले कसैले जिस्काउँदा चुपचाप लाग्थे, तालिमपछि सिकेका कुरा मेरा लागि जीवन उपयोगी बनेका छन्,' उनले भनिन्। उनी अहिले कसैले जिस्काउँदा सहेर नबसी प्रतिवाद गर्छिन् । 

मंगलसैन नगरपालिका ३ का धनकला बिष्टले घरबाट बाहिर नस्किदा घरको अनुमति लिनुपथ्र्यो । उनलाई छोराजस्तो घरमा स्वतन्त्रता थिएन । छोरी ठूली भएपछि घरबाहिर निस्कनु हुँदैन भन्ने संस्कार उनको परिवारमा थियो । 

लिङ्गका आधारमा हुने भिन्नताका कारण समाजले तोकेका लैङ्गिक जिम्मेवारीले क्षमता विकासमा बाधा पुगेको थियो । तर, अहिले उनी आफू स्वतन्त्र भएको महसुश गरिर्छन् । भन्छिन, 'लैङ्गिक जिम्मेवारीका रुपमा हामीलाई धेरै जिम्मेवारी दिइ घरायसी कार्यमा सीमित गरिएको रहेछ, जीवनउयोगी तालिमले बढेको विश्वासका कारण अहिले खुलेर बाहिर आउन थालेकी छु ।'

यौन शिक्षाका बारेमा सुन्दा नै लजाउने साँफेबगर नगरस्तरिय युवा सञ्जालकी अध्यक्ष पूजा बुढा पनि अहिले किशोर किशोरीलाई यौन शिक्षाका बारेमा तालिम दिन सक्ने भएकी छन् । 

अहिले उनी नगरका केही माध्यामिक विद्यालयमा गएर कक्षा ९ र १० का छात्रछात्रालाई यौनिकताका बारेमा प्रशिक्षण दिन्छिन्।  उनले भनिन्, 'पहिले ८÷१० जना मान्छेको अगाडि बोल्न लाज लाग्ने गथ्र्यो, अब त बोल्न मात्रै होइन, यौन शिक्षाका बारेमा सिकाउने भएकी छु ।'

यौन शिक्षा यौन सम्बन्धसँग मात्र नभएर यौन, यौनिकता र प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित वृहत्तर अध्ययन क्षेत्र रहेछ भन्ने लागेको उनले बताइन्। अहिले आफू विद्यालयमा गएर यी विषयमा किशोर किशोरीलाई जानकारी गराउँदै आएको उनले बताइन् । किशोर किशोरीलाई विद्यालयमा गएर महिनावारी, स्वप्नदोष, स्तनको विकास, लिङ्ग, योनी र पाठेघरका बनावट आदिका बारेका आफूले जानकारी दिने गरेको पूजाले बताइन्। 

'यस्ता विषयको शिक्षण सिकाइ क्रियाकलाप गर्दा सुरु -सुरुमा शिक्षकलाई अलिकति धक लाग्नु, विद्यार्थीले पनि कानेखुसी गर्नु स्वाभाविक हो,' पूजा भन्छिन्। 'तर मैले शिक्षण कला र अनुभवका आधारमा विद्यार्थीलाई विषयवस्तुप्रति गम्भीर बनाई यो विषयका बारेमा बताउने गरेकी हुँ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.