ह्‍वाइट हाउसमा आतंकवादीलाई खोज्‍ने कुकुरको प्रशंसा

ह्‍वाइट हाउसमा आतंकवादीलाई खोज्‍ने कुकुरको प्रशंसा

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पले हालै ह्वाइट हाउसमा एउटा कुकुरलाई निकै महत्वसाथ स्वागत गरे ।

त्यस कुकुर अरु नभएर सैन्य तालिम पाएको कोनन थियो । जसले इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादी विरुद्ध 'सर्च अपरेशन'मा बगदादीलाई खोज्ने काम गरेको थियो । ह्वाइट हाउसको रोज गार्डेनमा पत्रकारहरुसँग ट्रम्पले भने, 'कोनन वास्तवमा स्मार्ट छ । हामीले उसँग धेरै सुन्दर समय बितायौँ । उसले शानदार काम पनि गरेको छ । र उसलाई पाएर हामी गर्व महसुश गर्छौँ ।'

बगदादीलाई खोजेकोमा कोननले पदक र सम्मान समेत पाइसकेको छ । जसको पुरस्कार ह्वाइट हाउसमै राखिएको छ ।

कोनन बेल्जियम जातको कुकुर

बगदादीको मृत्युपछि ट्रम्पले कोननको समेत तस्बिर सार्वजनिक गरेका थिए । पदक प्रदान गर्दै ट्रम्पले उक्त कुकुरको तस्बिर 'अमेरिकन हिरो' भन्दै सार्वजनिक गरेका थिए । उनले त्यसबेलै उक्त कुकुर बेल्जियन मालिनोस नश्लको भएको बताएका थिए ।

जुन अहिले अमेरिकी सेनाका लागि अनुसन्धानमा प्रयोग हुँदैआएको छ । अमेरिकी सेनाका अनुसार उक्त कुकुर बगदादीको खोजीका क्रममा घाइते भएको थियो । जसलाई लिएर ट्रम्पले कोननलाई सुन्दर र प्रतिभावान भन्दै प्रशंसा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.