मूर्ति कुँदेर राष्ट्रियता खोज्दै (तस्बिरसहित)

मूर्ति कुँदेर राष्ट्रियता खोज्दै (तस्बिरसहित)

चितवन : नेपाल–भारत सीमा क्षेत्रमा रहेको सोमेश्वर पहाड। त्यहीँ नजिकको सोमेश्वरमा मूर्तिकार दिनेश्वर महतो ढुंगामा राष्ट्रियता कोर्न व्यस्त छन्। बिहान ८ बजेदेखि साँझ अबेरसम्म उनी ढुंगामा समर्पित हुन्छन्। अग्लो पहाडको ठूलो ढुंगामा चन्द्रसूर्य अंकित झन्डा बनाएका छन्। झन्डाको माथि सगरमाथा र छेउमा मुठ्ठी पारेको हात। माडी–४ सिधुवाका उनी देशको सीमा दुखिरहेका बेला मूर्तिमा देश खोजिरहेका छन्।

सोमेश्वरगढीको फेदीमा दिनेशले कुँदेको मूर्ति देख्ने जो कोहीलाई राष्ट्रियताको भाव जगाउँछ। उनले मूर्तिबाट एकताको सन्देश दिन खोजेका छन्। ‘सिमानामा पुग्दा दिमागमा राष्ट्रियताको सोच आयो’, दिनेश्वरले भने, ‘नेपालीको एकतालाई देखाउन खोजेको हुँ।’ उनले चारवटा मूर्ति बनाएका छन्। विष्णुचक्रसहितको धार्मिक महत्त्व बोकेको शालिग्राम, थारू महिलाको अनुहार र एउटा अमूर्त मूर्ति बनाएका छन्।माडीको सोमेश्वरगढीको फेदीमा रहेको चिसापानी–गोलपार्कमा मूर्तिकारहरू व्यस्त छन्। ढुंंगालाई आकार दिन भ्याइनभ्याइँ छ। हरेक मूर्तिकार ‘ग्र्यान्डर’, छिनो, ‘ह्याम्मर’ ले हानेर ढुंंगामा आकार दिँदै छन्। अघिपछि खासै वास्ता नहुने ढुंगामा कलाकारले जीवन दिएका हुन्। ढुंगामा कलाकारले आफ्नो कला पस्किएका छन्।

रौतहटका राजन काफ्लेले आफ्नो २५ वर्षको कला अनुभव उतार्दैछन्। प्रकृति र आध्यात्मलाई जोडेका छन्। ढुंगाको एउटा पाटोमा प्रकृति झल्किने रूखका पात बनाएका छन्। अर्कोतर्फ प्रेमको संकेत दिने मुटु देखाएका छन्। ‘प्रकृति र आध्यात्मलाई मोडर्न तरिकाले प्रस्तुत गर्न खाजेको छु’, काफ्लेले भने, ‘दुवै पाटोको समि श्रण कल्पाना गरेर बनाएको हुँ।’

२९ जना कलाकारले मूर्ति कुँदिरहेका छन्। डाँडामा रहेको ठूलो ढुंगामा राष्ट्रियता कोर्न १८ दिनदेखि उनीहरू कस्सिएका छन्। उनीहरू गढीको मनमोहक प्राकृतिक सौन्दर्यतामा रमाउँदै त्यसैमा मूर्ति कँुदिरहेका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामा आठ फिट अग्लो ढुंगा फोडेर शिव पार्वतीको प्रेम झल्कने मूर्ति कुँदिरहेका छन्। ‘गढीको धार्मिक महत्त्व दर्शाउने मूर्ति तयार गरेको छु’, लालकाजीले भने, ‘प्रेमको भाव बुझाउनेछ।’

माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा कात्तिक २३ गतेबाट राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला गरिएको हो। ‘गढी चिनाउन मूर्तिको खाँचो देख्यौं’, ललितकला प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष दामोदर बरालले भने। मानवीय संवेदना, राष्ट्रियता र ऐतिहासिक महत्त्व झल्काउने मूर्ति बनिरहेको छ। सोमेश्वरगढी नेपाल भ्रमण वर्ष २०२० का सूचीकृत एक सय गन्तव्यमध्ये एक हो। माढीका मेयर ठाकुरप्रसाद ढकालले माडीको मुख्य पर्यटकीय गन्तव्यका रूपमा सोमेश्वरगढीमा पर्यटन पूर्वाधार विकास गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.