आपुर्तिकर्ताको कर चुक्ता प्रमाणपत्र नै किर्ते

आपुर्तिकर्ताको कर चुक्ता प्रमाणपत्र नै किर्ते

धनगढी : टेण्डर पाउन औषधी आपूर्तिकर्ताले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पाइएको छ। धनगढीको अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको हो। 

किर्ते भएको कुरा बाहिर आएपछि आन्तरिक राजश्व कार्यालय धनगढीले गेटाँ आँखा अस्पतालको गएको आर्थिक बर्षको औषधी खरिद प्रक्रियाका कागजपत्रहरु नियन्त्रणमा लिएको छ। 

अमित मेडिसिनले २०७४ माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेका थिए। प्रमाणपत्रमा कर अधिकृत रामबोली साम्बाहाम्फले हस्ताक्षर रहेको छ। तर, उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेको खुलेको छ।

सरुवा भएका कर अधिकृतले अघिल्लो आर्थिक वर्षमा हस्ताक्षर गरेको पत्रमा स्क्यानिङगरी मिति फरक पारेर किर्ते गरी कर चुक्ता भएको नक्कली प्रमाणपत्र पेश गरिएको छ।
आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले सो बारेमा अनुसन्धान भइरहेको र दोषी देखिए कारवाहीको प्रक्रिया अगाडि बढ्ने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.