सात लाखले अवलोकन गरे गढीमाई मेला (फोटोफिचर)

सात लाखले अवलोकन गरे गढीमाई मेला (फोटोफिचर)

बारा : बाराको बरियारपुरमा जारी पञ्चवर्षिय गढीमाई मेलामा भक्तजन बढिरहेका छन्। मेलामा दैनिक ७० हजार भन्दा बढी भक्तजनले गढीमाईको दर्शन गरिहरेका छन्। मंसिर १ गतेदेखि सुरु एक महिने मेलाको बिहिबार १२औं दिन हो। मेला मुल ब्यवस्थापन समितिका अनुसार आजसम्मसात लाख भन्दा बढी भक्तजनले गढीमाईको दर्शन गरिसकेका छन्।

विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शन गर्न नेपाल र भारतबाट बरियारपुर आउने भक्तजनको संख्या दैनिकरुपमा बढिरहेको छ। भक्तजनको संख्या बढेसँगै त्यसको सहज ब्यवस्थापनका लागि आफूहरु तयार रहेको मेला मुल ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले बताएका छन्। कुशवाहाले एक महिने मेलामा झण्डै एक करोड भक्तजनले गढीमाई मन्दिरको दर्शन गर्ने दाबी गरे।  

भक्तजनका लागि बस्ने पण्डालको ब्यवस्थापन, सुरक्षा, बाटोलगायत सबै तयारी पूरा गरेको कुशावाहाको भनाई छ। ‘मेला भीड हुने दिन नजिकिदै छ, हामी पुरै तयारी अवस्थामा छौ’ कुशवाहाले भने। सचिव कुशवाहाले सर्वोच्च अदालतले बलिलाई निरुत्साहित गर्न आदेश दिएपछि आफूहरु निरुत्साहित गर्न लागिरहेको बताए। 

बलिका लागि प्रसिद्ध मेलामा मंसिर १७ गते धार्मिक विधिअनुसार पञ्चबलि गर्ने तयारी मन्दिरका पुजारीले गरेका छन्। पञ्चबलिसँगै मेलामा रांगा, खसी, कुखुराको बलि चढ्न सुरु हुनेछ। बलिको समयमा गढीमाई मेलामा दसौ लाख भक्तजनको उपस्थिती हुने गरेको छ। बलि नजिकिएसंगै मेलाको ब्यवस्थापनलाई सहज बनाउन दैनिक सुरक्षाकर्मीको संख्या पनि बढाउदै लगिएको छ।

गढीमाई मेलाका तस्बिरहरु : 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.