गोकर्णोश्व-५का वडा सचिव घुससहित पक्राउ
काठमाडौं : गोकर्णेश्वर नगरपालिका-५ का वडा सचिव दिनेश बास्कोटा घुससहित पक्राउ परेका छन्। वडा सचिव बास्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २५ हजार घुस लिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले बास्कोटालाई घुससहित गोकर्णेश्वर नगरपालिका-६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको हाे । उनीमाथि अनुसन्धान भइरहेको छ।