'बक्सर' को रुपमा डोनल्ड ट्रम्पको नयाँ अवतार !
!['बक्सर' को रुपमा डोनल्ड ट्रम्पको नयाँ अवतार !](https://annapurnapost.prixacdn.net/media/albums/donald-t_20191128103223_gik1vd1gIR.jpg)
वासिङ्टन : अमेरिकामा 'थ्याङ्सगिभिङ होलिडे' मनाइरहँदा राष्ट्रपति डोनल्ड ट्रम्पको एक तस्बिरलाई लिएर सामाजिक सञ्जालमा रोचक किस्सा बनाइएको छ ।
ट्रम्प्ले 'थ्याङ्सगिभिङ'कै पूर्वसन्ध्यामा एक तस्बिर ट्वीटर र इन्स्टाग्राममा सार्वजनिक गरेका थिए । तस्बिरमा ट्रम्प एक 'बक्सर' को रुपमा देखिएका छन् । उनको शरीर कुनै 'रेस्लर'को झैँ वलिष्ठ छ । धेरैले उक्त तस्बिरलाई उनको असली नभएर 'फोटोसप'बाट बनाइएको नक्कली फोटो भनेका छन् ।
अधिकांशले ट्रम्पको सोही गल्फ खेलेको तस्बिर र नयाँ 'बक्सिङ पोज'को तस्बिर तुलना गर्दै 'रियालिटी भर्सेस एक्सेप्टेसन' भन्दै ठट्टा गरेका छन् । ट्रम्पको नयाँ तस्बिरबारे उनलाई कतिपयले त सामाजिक सञ्जालमा भद्दा गाली समेत गरेका छन् । ट्वीटरमा कसैले 'ह्वाइट हाउसमा नयाँ फाइटर' भन्दै ट्रम्पलाई जिस्क्याउँदै छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)