ट्विटरले निष्क्रिय एकाउन्ट बन्द गर्ने

ट्विटरले निष्क्रिय एकाउन्ट बन्द गर्ने

काठमाडौं : ट्विटरले ६ महिनादेखि निष्क्रिय एकाउन्ट बन्द गर्ने भएको छ। ट्विटरले त्यस्ता एकाउन्टको प्रयोगकर्तालाई इमेल पठाउँदै त्यस्ता ट्विटर एकाउन्टमा एक्सन लिन लागेको हो।

हालै आएको रिपोर्टअनुसार ट्विटरले आगामी डिसेम्बर ११ देखि ती एकाउन्ट फ्रि गर्ने र सो नाम अन्य नयाँ युजर्सले समेत प्रयोग गर्न सक्ने बनाउन लागेको हो।

ट्विटरका प्रवक्ताले सो कार्य सुरु भएको र एक्सन लिन लागिएको बताएका छन्। ‘सार्वजनिक कुराकानीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी निष्क्रिय एकाउन्ट क्लिनअप गरिरहेका छौं, यसले ट्विटरलाई थप सुनिश्चित, विश्वसनीय सूचना मानिसका लागि गर्नेछ’, प्रवक्ताले भने।

यो कार्यले मानिसलाई सक्रिय लगइन गर्न र ट्विटर प्रयोग गर्न उत्साहित गर्ने उनको भनाइ छ। यस्तो निष्क्रिय एकाउन्ट हटाउन महिनौं लाग्न सक्ने बताइएको छ।

यदि तपाइँ पनि कुनै निष्क्रिय युजरनेम खोजिरहनुभएको छ भने यो तपाइँका लागि अवसर हुन सक्छ। त्यस्तै यदि तपाइँको एकाउन्ट ट्विटरमा छ तर ६ महिनादेखि निष्क्रिय छ भने तत्काल सक्रिय हुनुस् नत्र ट्विटरले तपाइँको एकाउन्ट हटाएर युजर नेम खाली गरेर अन्य नयाँ युजरलाई दिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.