छड्केमा दुई सय ५८ कर्मचारी : कुन कार्यालयका कति परे ?
काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले एक हप्ता लगाएर ५४ वटा कार्यालयमा गरेको अनुगमनमा २५८ कर्मचारी छड्केमा परेका छन्। जसमा १५० कर्मचारी समय पालना नगरेको पाइएको छ भने १०८ जनाले तोकिएको पोशाक लगाएका छैनन्।
कागेश्वरी मनहरा नगरपालिका १९ कर्मचारीेले समय पालना नगरेको भेटिएको छ भने १ जनाले तोकिएको पोशाक नलगाएको पाइएको छ। गोकर्णेश्वर नगरपालिका १४ कर्मचारी छड्केमा परे जसमा ९ जनाले समय पालना नगरेको पाइयो भने ५ जना तोकिएको पोशाकमा थिएनन्।
चन्द्रागिरी नगरपालिकाका ८ कर्मचारी अनुगमन परे। जसमा तीनजना समय पालना नगरेको भेटियो भने पाँचजना गैर पोशाकमा थिए। टोखा नगरपालिका ६, चागुनारायण नगरपालिका ११, भक्तपुर नगरपालिका चा। जना, दक्षिणकाली नगरपालिकाका २ कर्मचारी छड्केमा परे। चाँगुनारायण नगरपालिका-५ र ९ का ३/३, गोकर्णेश्वर नगरपालिका- ५ का १, कागेश्वरी मनहरा- ५ का ३ जना कर्मचारीलाई सतर्कता केन्द्र आचरणमा नरहेको भन्दै कारवाहीको लागि सिफारिस गरेको छ।
केन्द्रका सूचना अधिकारी एवं उपसचिव डालनाथ अर्यालले गाउँपालिका र नगरपालिका पदाधिकारीसमेत सुशासनमा जिम्मेवार नभएको भेटिएको बताए। ‘स्थानीय तहका कर्मचारीले सुशासनमा ध्यानै नदिएको भेटियो,’ उनले भने, ‘पदाधिकारीलाई पनि त्यसमा कुनै चासो दिएका छैनन्।’ उपत्यकाका स्थानीय तहमा गरेको छड्के अनुगमनमा स्थानीय तहमा कर्मचारी लपरवाही हदैसम्म भेटिएको उनले भनाइ छ।
सतर्कता केन्द्रले मंसिरका पहिलो साता उपत्यकाभित्रका सरकारी कार्यालयको छड्के अनुगमन गरेको थियो। भूमि सुधार कार्यालय साँखुका ८, नापी कार्यालय साँखुका २, शंखरापुर पोलिटेक्निकल इस्टिच्युट २१, यातायात कार्यालय सतुंगलका ५, भूमि सुधार तथा मालपोत कार्यालय टोखाका ४, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका ६, हुलाक सेवा विभागका ३३, फिलाटेलिक तथा हुलाक टिक व्यवस्थापन कार्यालयका २, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका २ जना कर्मचारी छड्केमा परे।
त्यस्तै भन्सार विमागका १२, घरेलु तथा साना उद्योग विभागका ६, दुग्ध विकास संस्थाका ४, आन्तरिक राजश्व कार्यालय टंगालका ७, खानेपानी तथा ढल निकास विभागका १, दुग्ध पदार्थ विक्री वितरण आयोजना लैनचौरका ७, जिल्ला प्रशासन कार्यालयका २, यातायत व्यवस्था कार्यालय ८, कोष तथा लेखा नियन्त्रण कार्यालयका २, आन्तरिक राजस्व कार्यालयका १९, भूमिसुधार तथा मालपोत कार्याल्य ललितपुका ५, नापी ललितपुरका ४, जिल्ला प्रशासन कार्यालय ललितपुरका ४, यातायात व्यवस्ीथा कार्याल्य, सवारी चालक अनुमति पत्रका ४, कोष तथा लेखा नियन्त्रणकार्यलय ललितपुरका १ जना कर्मचारी छडेका परेका छन्।
उनले नापी, मालपोत, तालिम केन्द्रमा कर्मचारी आचरणमा नरहेको भेटिएको बताए।