प्रहरीलाई घुस दिने होटल सञ्चालक अख्तियारको फन्दामा

प्रहरीलाई घुस दिने होटल सञ्चालक अख्तियारको फन्दामा

काठमाडौं : अख्तियार दुरुपयोग  अनुसन्धान आयोगले काठमाडौँस्थित टोखा नगरपालिकामा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसका संचालिका सोममाया राईविरुद्ध मुद्दा दायर भएको छ।  

टोखा  ५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउस चेकजाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई होटल संचालिका  राईले ५० हजार घुस दिएको खुलेपछि अख्तियार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

महानगरीय प्रहरी वृत, महाराजगञ्ज, काठमाडौँबाट खटिएको टोलीलाई  राईले गेष्टहाउस चेकजाँच नगर्न घुस दिएको अख्तियारले दाबी गरेको छ। 

५० हजार घुस  दिएको अवस्थामा राईबाट उक्त रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

 उनीविरुद्ध  भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी बरामद भएको उक्त रकम जफतसमेतको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.