दुई लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ
धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले दुई लाख ५० हजार घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका इन्जिनियरलाई घुससहित पक्राउ गरेको हो ।
कार्यालयमा कार्यरत त्रिलोक जोशीलाई दुई लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
जोशीलाई ‘शुक्रबार रंगेहात पक्राउ गरेको छ’, उनले भने, ‘कुन प्रयोजनका लागि घुस लिएको पुष्टि भएको छैन् ।’