चिरिबाबुले आफ्नो ३३ वर्ष पुरानो साइकल चढेर गरे ‘साइकल सिटी’ उद्घाटन

चिरिबाबुले आफ्नो ३३ वर्ष पुरानो साइकल चढेर गरे ‘साइकल सिटी’ उद्घाटन

ललितपुर : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उनको ३३ वर्ष पुरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को शुभारम्भ गरेका छन्। शनिबार एक कार्यक्रम आयोजना गरी साइकल सिटी कार्यक्रम को उद्घाटन गरिएको हो।

मेयर मर्हजनले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणबाट कुपण्डोलसम्म उनी आफ्नै साइकलमा यात्रा गरे। ‘३३ वर्ष पहिला रानीपोखरी छेउको पसलबाट किनेर ल्याएको थिएँ’ साइकल किनेको सम्झना गर्दै महर्जनले भने ‘अझै राम्रोसँग चलिरहेको छ।’  अझै पनि बेलाबेलामा साइकल यात्रा गर्ने गरेको उनले बताए। 

सरकारले असीमित मोटरसाइकल र गाडीहरु भित्र्याएका कारण साइकलयात्रीको अधिकार खोसिएको र वातावरण समेत प्रदुषण भएको महर्जनले गुनासो गरे। साइकल प्रवर्द्धनका लागि भनेर गतवर्ष महानगरले ५० लाख बजेट छुट्याएको थियो। त्यसै अन्तर्गत कुपण्डोलबाट साइकल लेनको निर्माण सुरु भएको हो। पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल हुँदै पाटन दरबार स्क्वायर सम्म साइकल लेन बनाउन महानगरले जनाएको छ। अर्को रुट पुल्चोकदेखि पाटन दरबारसम्म पुग्नेछ। 

ललितपुर महानगरपालिकाले गोदावरी र काठमाडौसँग पनि कुरा गरिसकेको र गोदावरी नगरपालिकाले बोटानिकल गार्डेनसम्म पुर्याउने योजना बनाएको महर्जनले सुनाए। काठमाडौ महानगरपालिकाले बुढानिलकण्ड नगरपालिकासँग सहकार्य गरेर साइकल लेन शिवपुरीसम्म पुर्याएको खण्डमा अझै राम्रो हुने महर्जनले बताए। साइकलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै हिउँदे अधिवेशनमा साइकल ऐन बनाउने मेयर महर्जनले जानकारी दिए। 

कार्यक्रममा उपस्थित भएका ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सिताराम हाछेथुले साइकल लेनको बारेमा अन्य सवारीचालकलाई पनि जानकारी गराउन आवश्यक रहेको बताए। साइकल लेन निर्माण गरिसकेपछि लेनभित्र गुड्ने अधिकार साइकललाई मात्र हुन्छ। साइकल नभएको बेलामा मात्र अन्य सवारीले प्रयोग गर्न पाउनेछन् भन्ने बुझाउन आवश्यक रहेको उनले बताए। यसका लागि ट्राफिक प्रहरी लगायत सबैले प्रचारप्रसार गर्नुपर्ने हाछेथुले जोड दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.