सागलाई टेलिकमले दियो निःशुल्क फोरजी सिमकार्ड

सागलाई टेलिकमले दियो निःशुल्क फोरजी सिमकार्ड

काठमाडौं : आइतबारदेखि १० दिन (मंसिर १५ देखि २४ गतेसम्म) हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग)को अवसर पारेर नेपाल टेलिकमले ग्राहकको सेवा र सुविधाका लागि निःशुल्क फोरिजी सिमकार्ड उपलब्ध गराउने भएको छ। 

सागको पार्टनर स्पोन्सर कम्पनी टेलिकमले प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई यस्तो सिमकार्ड उपलब्ध गराउने जानकारी दिएको छ। 

काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा टेलिकमले ४५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने जानकारी शनिबार जारी विज्ञप्तीमा उल्लेख छ।

खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखेर टेलिकमले यस्तो सुविधा दिने टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जानकारी पनि दिएको छ। मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन्।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क दिएको छ। ११६६ सर्ट कोडमार्फत कल गरेर यो सेवा लिन सकिने छ। 

वर्ल्डलिंकको निःशुल्क इन्टरनेट 
सागलाई दृष्टिगत गरेर वर्ल्डलिंक कम्युनिकेसनले खेल हुने सबै रंगशालामा निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ। वर्ल्डलिंकले खेल अवधि भर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराएको कम्पनीले जनाएको छ। 

शनिबार विज्ञप्ती सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। 
प्रयोगकर्ताले आफ्नो मोवाइल नम्बरबाट लगइन गरेर दैनिक एक जीबी डाटा दैनिक रूपमा निःशुल्क प्रयोग गर्न पाउने छन्। वर्ल्डलिंकले यो सेवाका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरेको छ।

काठमाडौं र पोखरामा आइतबारदेखि मंसिर २४ गतेसम्म हुने १३ औं एसियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन्। खेलमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिएका छन्। 

मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको निःशुल्क वाइफाई उपलब्ध हुने वर्ल्ड लिंकले जानकारी दिएको छ। हरेक एक लाख प्रयोगकर्ताले छ हजारस्थानबाट निःशुल्क वाइफाइमार्फत इन्टरनेट चलाउँछन्।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.