दाङमा नेकपाको अग्रता कायमै
दाङः शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन्।
उनी कांग्रेस उम्मेदवार भन्दा ७७२ मतले अघि छिन्। बबई गाउँपालिका १ र तुलसीपुर उपमहानागरपालिका १ वडाको ३१०१ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा अघि छिन्।
यी दुबै वडा नेकपाले स्थानीय निर्वाचनमा जितेका वडा हुन्। अहिले बबई २ को मत गणना भइरहेको छ । बिहान सवा ९ बजेबाट मतगणना सुरु भएको हो।