बलात्कार आरोपी सिद्धबाबा आइसीयूमा भर्ना

बलात्कार आरोपी सिद्धबाबा आइसीयूमा भर्ना

विराटनगर : बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज प्रहरीले पक्राउको तयारी गरिरहेका बेला आइतबार बिहान आइसीयूमा भर्ना भएका छन्। सुनसरीको चतरास्थित आफ्नै आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएको सार्वजनिक भएपछि उनी गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।

छाति, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएपछि उपचारका लागि अस्पताल भर्ना भएको सिद्धबाबाले बताउँदै आएका थिए । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । मुटुको धड्कन बढेको भन्दै उनलाई बिहान ११:३० बजे आइसीयूको १० नम्बर बेडमा भर्ना गरिएको छ । 

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले अवस्था नाजुक बनेको भन्दै सिद्धबाबालाई आइसीयूमा भर्ना गर्न सुझाव दिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताए । सिद्धबाबाको उपचारमा डा. गिरी नेत्रृत्वकै टोली परिचालित छ । 'मुटुको धड्कन बढेर समस्या भएपछि र छातिमा पनि दुखाई बढेपछि उहाँ (सिद्धबाबा)लाई चिकित्सकको सुझावअनुसार तत्काल आइसीयूमा भर्ना गरिएको हो, 'विनारीले भने, 'उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न।'

 
उपचारमा संलग्न चिकित्सकले एकैपटक मुटु र छातिको समस्या बढेका कारण अवस्था गम्भीर बनेर गएको जानकारी दिएको विनारीको भनाइ छ । 'अवस्था नाजुक बनेका आइसीयूमै भर्ना गर्नुपर्ने अवस्था आयो,' उनले भने, 'अहिले उहाँ खतरामुक्त हुनुहुन्न ।'

सिद्धबाबाले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गरेका थिए । शनिबार साँझ अन्नपूर्णसँग कुरा गर्दै उनले राष्ट्र र मानवहितका लागि चलाएको अभियानले सफलता प्राप्त गरिरहँदा आफूलाई ढलाउने आरोप लगाएर मर्माहत बनाएको बताएका थिए । 

'उनले आरोप लगाउनेलाई कहिल्यै नदेखेको र नचिन्ने जिकिर गर्दै भनेका थिए, 'नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन ।' उनले प्रहरीले गर्ने जुनसुकै अनुसन्धानलाई भने आफूले सहयोग गर्ने बताए । आफूले राष्ट्रप्रति गरेको उपकार र व्यवहारले सार्थकता पाउँदै गर्दा यति घृणित आरोप लाग्नुले आफैलाई आश्चर्यमा पारेको उनको भनाइ थियो । आरोप निराधार रहेको बताउने क्रममा उनी आँखा भरी आँसु बनाएर भक्‍कानिएका थिए । 

सिद्धबाबाले बलात्कारको अस्वीकार गरिरहँदा आरोप लगाउने महिलालाई फोनमार्फत उजुरी फिर्ता लिन बारम्बार आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ ।

तर उनले यो अडियो पनि आफ्नो नभएको जिकिर गरिरहेका छन् । आइसीयूमा भर्ना हुनुभन्दा केही बेर अघि संचारकर्मीसँग कुरा गर्दै उनले अडियो रेकर्डमा सुनिने आवाज आफ्नो नभएको जिकिर गर्दै यसको सत्थतथ्य छानबिन गरेर वास्तविकता पत्ता लगाउने आग्रह गरे । 'मलाई फसाउन अर्कैको आवाजमा मेरो आवाज जस्तो बनाएर अडियो पनि बनाइएछ,' उनले भने । अनेक उपाय लगाएर महिलालाई चरण समेत छुन नदिने साधुलाई फसाउने षडयन्त्र भएको उनको दाबी छ ।

सिद्धबाबालाई पक्राउ गर्न भनेर सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्मा आफै टोली लिएर आइतबार बिहान विराटनगर आइपुगेका थिए । प्रहरीले पक्राउको तयारी गरिरहँदा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेर उपचार थालेका हुन् । ‘बलात्कार आरोपी सिद्धबाबामाथि अनुसन्धान अघि बढाउन पक्राउको अन्तिम तयारी गरिएको थियो, 'डीएसपी शर्माले भने, 'तर अवस्था गम्भीर भएको भन्दै अस्पतालको आइसीयूमा भर्ना गरिएपछि के गर्ने भन्ने दोधारमा परियो ।'उनले सबै पक्षसँग आवश्यक रायपरामर्श लिएर अघि बढ्ने जानकारी पनि दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.