जनकपुरमा 'राम-सीताको स्वयम्वर' सकियो, लाखौं सहभागी

जनकपुरमा 'राम-सीताको स्वयम्वर' सकियो, लाखौं सहभागी

जनकपुरधाम : लाखौं दर्शनार्थीको उपस्थितिका बीच जनकपुरस्थित १२ बिगाहको रंगभूमि मैदानमा सीता र रामको स्वयम्वर सम्पन्न भएको छ ।

सीताराम पञ्चमी महोत्सव अन्तर्गत धार्मिक विधिअनुसार राम र सीताको स्वयम्वर भएको हो । स्वयम्वर सकिएसँगै आइतबार साँझ राम र सीताको विवाह हुनेछ । हिन्दू मिथक अनुसार त्रेतायुगमा भएको सीता र रामको वैवाहिक सम्बन्धलाई महत्व दिँदै जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाउने चलन छ ।

सीता र रामको स्वयम्वरमा सहभागी हुन लाखौं दर्शनार्थी रंगभूमि मैदान पुगेका थिए । दर्शनार्थीको भीडका कारण १२ बिगाहको रंगभूमि मैदान भरिभराउ थियो । भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।

तस्बिरहरु : दिवाकर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.