दाङबाट प्रदेशसभा सदस्यमा नेकपाकी विमला निर्वाचित
दाङ : प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ 'ख' मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विमला कुमारी खत्री निर्वाचित भएकी छिन् । उनी २४,२८६ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।
विमलाले निकटतम् प्रतिद्वन्दी भन्दा ५१०४ बढी मत पाइन्।नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यले १९,१ ८२ मत प्राप्त गरे। साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तका छोटी लाल थारुले १३८,मत पाए ।
त्यसैगरी नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० , नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६ ,नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५,राष्ट्रिय जनमुक्ती पार्टीका धनराज विश्वकर्माले ११, वि पी कांग्रेस पार्टीका दिपककुमार धितालले २ र स्वतन्त्र टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् l
क्षेत्र नम्बर ३ ख मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।