छाउगोठमा महिलाको मृत्यु

छाउगोठमा महिलाको मृत्यु

अछाम : साफेबगर नगरपालिका ३ डिक्रेनीमा एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ ।२१ वर्षीया पार्वती रावतको ज्यान गएको हो ।  घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा ज्यान गएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपती भट्टले जानकारी दिए।

गोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा उनी मृत भेटिएकी हुन्।

महिनावरी भएको ४ दिनमा उनको मृत्यु भएको हो । उनका श्रीमान करन रावत रोजगारीका लागि भारतमा छन्। मृतकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो ।

१८ महिना पहिले उनले प्रेम विवाह गरेको थिइन् ।आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत भेटिएकी हुन् । डिक्रेनीमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ।हालसम्म अछामा १५ जनाभन्दा बढीको गोठमै ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.