सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ११ जनाविरुद्ध मुद्दा
काठमाडौं : सरकारी जग्गा व्यक्तिको नाम गराउने नापी कार्यालय सुनसरीका ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेतको सरकारी जग्गाको नक्साको धर्सा मेटाई ब्यक्तिको नाममा दर्ता गराउने सर्भेक्षक उपेन्द्र दास लगायतका ११ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दास र उनले गरेको कित्ताकाटको कामलाई प्रमाणित गर्ने सर्भेक्षक योगेन्द्र प्रसाद यादव, सर्भेक्षक कपलेश्वर राम, सर्भेक्षक सुकदेव यादव तथा लामो समयदेखि नापी कार्यालय सुनसरीभित्रै बसी अनाधिकृत रूपमा कित्ताकाट गर्ने, नक्सामा कित्ता नं चढाउने र प्लट रजिष्ट्ररमा विवरण राख्ने गरेको पाइएको छ। गैरकर्मचारी रमेश प्रसाद साह तथा जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुनसमेतका सरकारी कर्मचारी तथा गैरसरकारी ब्यक्ति एकापसमा मिलेमतो सीडिओ कार्यालय समेत जग्गा व्यक्तिको नाम दर्ता गराएको छ।
नापीका कर्मचारीले ्गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घट्ने गरी विभिन्न मितिमा कित्ताकाट गरेको भेटिएको छ। उनीहरुले जग्गा सुक्रीबिक्री गरी ब्यक्तिलाई फाइदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेकोले भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको माग गरी विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।