आफू अनुकूल ठेक्‍का दिने प्रमुखसहित ७ जनाविरुद्ध मुद्दा

आफू अनुकूल ठेक्‍का दिने प्रमुखसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं : सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख सीडीई दिनेश अर्यालसमेत ७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अर्याल र लेखा प्रमुख जिवनाथ पोख्रेलसमेतले ठेक्‍काको बोलपत्र सच्याएर केरमेट गरी आफू अनुकूल ठेकेदार कम्पनीलाई ठेक्‍का दिएको खुलेको छ । 

अर्याल, लेखा अधिकृत पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहसमेतले ठेक्काको बोलपत्र मुल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि नयाँबजार काठमाडौंले पेश गरेको बोलपत्रमा दररेट अंक र अक्षरमा सच्याएको पाइएको अख्तियारले जनाएको छ । 

उनीहरुले १९ लाख ५० हजार सम्झौता गरी भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानुनी लाभ पुर्‍याएको अख्तियारको दाबी छ ।

यसरी आफूलाई गैरकानुनी लाभ लिई सरकारलाई हानी-नोक्सानी पुर्‍याइ सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको भन्दै उनीहरुविरुद्ध अख्तियारले मुद्दा हालेको हो । जनकपुरका सीडीई अर्याल, लेखा अधिकृत पोखरेल, इन्जिनियरद्वय यादव र साहसहित सातै जनाविरुद्ध १९ लाख ५० हजार विगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन मागदावी  गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.