षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ : मुख्यमन्त्री राई
भोजपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताएका छन् । बालागुरु षडानन्दको १८५ औं जन्मजयन्ती तथा षडानन्द बहुउद्देश्यीय धर्मशाला शिलान्यास गर्न षडानन्द नगरपालिकाको दिङ्ला आएका राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखेका हुन् ।
मुख्यमन्त्री राईले षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारको निर्णयबाट केन्द्र पठाउने बताएका छन्। भने, 'बालागुरू षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ, तर ढिला भइररहेको छ, प्रदेश १ सरकारको क्याविनेटबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाइनेछ ।'
प्रदेश सरकारको १३ लाख लागतमा बन्ने षडानन्द बहुद्देश्यीय धर्मशालाको शिलान्यास गरे । धर्मशालाले बालागुरू षडानन्द अधिकारीको योगदानलाई कदर गर्न सहयोग पुग्ने मुख्यमन्त्री राईको भनाई थियो।
राणा शासनकालमा षडानन्दले विद्यालय स्थापना गरेर शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनले भने, 'बालागुरू षडानन्दको योगदानलाई कदर गर्नुपर्छ। उहाँको योगदानको सम्मान स्वरुप धर्मशाला बनाउन लागेका हौं।'
दास प्रथा, सतिप्रथा, छुवाछुत प्रथालगायत प्रथाविरुद्धमा षडानन्दले आवाज उठाई समाज रुपान्तरणमा ठूलो योगदान पुर्याएको बताए ।