शिक्षकको लाइसेन्स नै नक्कली
काठमाडौं : गुरू गजुर माध्यमिक विद्यालय रक्षाचौर दाङका राहत शिक्षक टेकमान थापाविरुद्ध मुद्दा दायर गरिएको छ। थापाको निमावि तहको अध्यापन अनुमतिपत्र नक्कली भएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।
उनले नक्कली अध्यापन अनुमतिपत्र पेशगरी राहत शिक्षकको रूपमा कामकाज गरेको तथ्य सप्रमाण पुष्टि भएको अख्तियारले भएको जनाएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।