न्यूयोर्कमा 'छ माया छपक्‍कै' लाई दर्शकको माया

न्यूयोर्कमा 'छ माया छपक्‍कै' लाई दर्शकको माया

अमेरिका : नेपाली कथानक चलचित्र 'छ माया छपक्‍कै' ले न्यूयोर्कमा सफल दुई प्रर्दशन गरेको छ । दर्शकले अत्याधिक रुचाएको यस वर्षकै उत्कृष्ट चलचित्र 'छ माया छपक्‍कै' को न्यूयोर्कमा पहिलो शोम्यानहाटनमा रहेको फ्रेन्चाइज मुभी हल एएमसीमा गरिएको थियो भने दोश्रो शो कुइन्सस्थित बम्बे थिएटरमा गरिएको छ । 

सन् १९२० मा स्थापना भएको ९९ वर्ष पुरानो मुभी हल एएमसीमा पहिलो पटक नेपाली चलचित्र छ माया छपक्‍कै प्रर्दशन गरिएको थियो। आयोजकका अनुसार डिसेम्बर दुई तारिख सोमबारका दिन समेत भव्य प्रर्दशन भएको छ। 

सोमबारका दिन हिँउ र पानी परिरहेको प्रतिकुल मौसमका बीचमा समेत अत्याधिक दर्शकले यो चलचित्र हेरेका छन् । यस्तै न्यूयोर्कको पहिलो शोमा दर्शकले उभिएर चलचित्र हेरेका थिए भने केही प्यासेजमा समेत बसेर फिल्म हेरेका थिए। साथै केही सिट नपाएर फर्केका थिए । पहिलो प्रर्दशनका बेला चलचित्रकी नायिका केकी अधिकारी समेत दर्शकसँगै बसेर चलचित्र हेरेकी थिइन् । 

आयोजकले भनेका छन्, 'हामीले अपेक्षा गरेको भन्दा धेरै दर्शकले एएमसीर बम्बे थिएटरमा चलचित्र हेर्नुभयो, नेपाली चलचित्रलाई माया गर्ने न्यूयोर्क तथा आसपास क्षेत्रका दर्शकहरुप्रति हामी आभारी छौं।'

चलचित्रका कलाकार दिपकराज गिरी, दिपाश्री निरौला, केकी अधिकारी र निर्माता रोहित अधिकारीले सामाजिक संजाल फेसबुकबाट अमेरिका तथा न्यूयोर्क क्षेत्रका दर्शकले देखाएको मायाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालमा ५१ दिन मनाउन सफल चलचित्र छ माया छपक्‍कै अहिले अमेरिकालगायत विभिन्न देशमा समेत प्रर्दशन भइरहेको छ । दिपेन्द्र लामा निर्देशित, गम्भीर राजनीतिक विषयमा हाँस्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र छ माया छपक्‍कैको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् ।

चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.