व्यावसायीलाई पर्यटनमन्त्रीको आग्रह : सरकारको मुख ताक्न छोड्नुहोस्
झापा : पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश भट्टराईले पूर्वका पर्यटन व्यावसायी अल्छी भएको आरोप लगाएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित चन्द्रगढी विमानस्थल झापाको विस्तार र आधुनिकिकरण गर्ने विषयको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन्।
भट्टराईले भने, 'पूर्वका व्यावसायीको व्यवसायिकता क्षमता कमजोर छ । सबै कुरामा सरकारको मुख ताक्ने स्वभाव अन्त्य गर्नुपर्यो ।' सरकारले जतिसुकै सुविधा सम्पन्न विमानस्थल बनाइदिए पनि व्यावसायी नै लागिनपर्ने हो भने सरकारले एकतर्फी गरेर मात्र पर्यटन क्षेत्रको विकास नहुने उनले प्रस्ट्याए ।
भट्टराईले भने, 'प्रधानमन्त्रीको घर र पर्यटन मन्त्रीको घर जाने दैलोको विमानस्थल अवश्य पनि मनेवैज्ञानिक रुपमा भएपनि प्राथमिकतामा पर्छ, सरकारले आवश्यकतालाई मध्य नजर राखेर विकास र विस्तार गर्छ ।'
मन्त्री भट्टराईले प्रदेश नम्बर १ को पर्यटकीय अथाहा सम्भावनालाई व्यावसायीले प्राथमिकता दिएर विकासोन्मुख बाटोतिर लाग्नुपर्ने बताए।