मनमोही मयूर

मनमोही मयूर

त्रिचन्द्र प्रतीक्षा । रंगीबिरंगी प्वाँख भएको पंक्षी मयूर साँच्चै नै प्रकृतिको सुन्दर उपहार हो। तिमीहरूले पनि यस्तो सुन्दर पंक्षीलाई चिडियाखानामा देखेका होलाऊ। मयूर ग्यालिफम्र्सवर्गमा पर्ने पंक्षी हो। अंग्रेजीमा भाले मयूरलाई पिकक र पोथी मयूरलाई पिचिक्स भनिन्छ। नेपालीमा मयूर शब्द संस्कृतबाट साभार गरिएको शब्द हो।

मयूरको रङ नीलो, हरियो र खैरो पनि हुन्छ। नीलो मयूर भारत र श्रीलंकाको राष्ट्रिय पंक्षी हो। खैरो म्यान्मारको राष्ट्रिय पंक्षी हो। विशेषगरी मयूर दुई प्रजातिमा वर्गीकरण गरिएको छ। नीलो मयूर दक्षिण एसियामा पाइन्छ भने हरियो मयूर दक्षिणपूर्वी एसियामा पाइन्छ। त्यस्तै खैरो पूर्वी एसियामा पाइने गर्छ। दुवै प्रजातिका मयूरमा केही भिन्नता भए पनि यी एकअर्कासँग मिल्दाजुल्दा हुन्छन्।

वसन्त तथा वर्षाको मौसममा यिनीहरूको प्रजनन प्रक्रिया सुरु हुन्छ। पोथीलाई फकाउनका लागि भाले मयूरले पूरै प्वाँख खोलेर नाच्छ। पोथी मयूरले माघ, फागुनतिर अन्डा पार्छ। एक पटकमा तीन देखि ६ वटासम्म अन्डा दिन सक्छ। उक्त अन्डामा पोथी मयूरले कोरल्छ। करिब महिना दिन बसेपछि सो अन्डाबाट बच्चा निस्किन्छ। जन्मेको एक दिनपछि नै मयूरको बच्चा हिँड्डुल र खानपिन गर्न सक्षम हुन्छ।

मयूरको सुन्दर र रंगीन प्वाँखको लम्बाइ ६ फुटसम्म हुन सक्छ, जुन उसको शरीरको लम्बाइको करिब ६ प्रतिशत बढी हो। पुच्छरमा एक सय ५० वटासम्म प्वाँख हुन्छन्। यो संसारमा उड्ने पंक्षीमध्ये सबैभन्दा ठूलो पंक्षी हो। यो प्रतिघण्टा १६ किलोमिटरको गतिले दौड्न सक्छ भने यत्तिकै गतिमा उड्न पनि सक्छ। मयूरको आयु औसतमा २० वर्ष मानिन्छ। मयूरलाई किसानको राम्रो मित्र पनि भनिन्छ। किनभने यसले घाँसपात, चना, गहुँ, कीरा फट्याङ्ग्रा, मुसा, छेपारो मात्र नभइ सर्पसम्म खान्छ।

उड्न र दौड्न सक्ने मयूर पानीमा भने तैरिन सक्दैन। खुट्टामा झिल्लीदार नभएको कारण पानीमा तुरुन्तै डुब्छ। भाइबहिनीहरू, तिमीहरूलाई मयूरको प्वाँख निकै मनपर्छ होला। कतिले त पुस्तकभित्र सजाएर वा कतिले घरमै सजाएर राखेका छौ होला। धेरैले प्वाँखको लागि मयूर नै मारेर ल्याउँछ कि भन्ने सोच राखेको हुन्छ। प्वाँखको लागि मयूरलाई मार्नु पर्दैन। किनभने हरेक वर्षको साउन भदौमा पुरानो प्वाँख झरेर नयाँ पलाउँछ। यही प्वाँखहरू जम्मा गरेर बजारमा बिक्रीका लागि ल्याइन्छ।

हिन्दु धर्मलगायत अन्य धर्म र धर्मग्रन्थमा मयूरको व्याख्यान गरिएको पाइन्छ। मयूरलाई आस्था, निष्ठा र प्रतिज्ञाको प्रतिक मानिन्छ भने पवित्रता, अनुशासन र सुरक्षाको प्रतिमूर्ति पनि मानिन्छ। विष्णु पुराणका अनुसार, त्रिमूर्तिका एक अंग भगवान् विष्णुको वाहन गरुँडको प्वाँखबाट मयूरको उत्पत्ति भएको मानिन्छ। पुराणमा उल्लेख गरिए अनुसार, विषालु साँपलाई नै वध गर्नका लागि गरुडको प्वाँखबाट मयूरको सिर्जना गरेको मानिन्छ। जब मयूरले आफ्नो सबै प्वाँखलाई फिँजाएर नाच्न सुरु गर्छ, ती प्वाँखहरूमा भएको आकृतिले साँप लट्ठिन्छ। पुराणमा यसलाई ‘समयचक्र’ भनेर भनिएको छ।

पार्वती देवीका सुपुत्र कात्तिकले पनि आफ्नो वाहनको रूपमा मयूरलाई छानेका थिए। कात्तिकलाई ‘कुमार’ भनेर चिनिन्छ। पूजाआजाको थालनी अघि सुरुमा गणेश र कुमारको पूजा गरिन्छ। गणेशलाई सुपारी र कुमारलाई मयूरको प्वाँख राखिने चलन यद्यपि रहिआएको छ। महाभारत युद्धमा    श्रीकृष्णले आफ्नो शिरमा मयूरको प्वाँख राखेको पाइन्छ। प्राचीनकालमा मयूरको प्वाँखलाई मसीमा चोपेर लेख्ने गरिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.