गल्फका टाइगर

गल्फका टाइगर

टाइगर वुड्स अमेरिकी व्यावसायिक गल्फ खेलाडी हुन्। अहिलेसम्मको पुरुष च्याम्पियनसिपको श्रेणीमा उनी दोस्रो स्थानमा पर्छन्। उनी सबैभन्दा लोकप्रिय गल्फ खेलाडीमा गनिन्छन्। उनी चर्चित धावक पनि हुन्।

टाइगर वुड्को जन्म सन् १९७५ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो। उनी बुबा अर्ल र आमा कुल्टिदाका छोरा थिए। कुल्टिदा थाइल्यान्डकी थिइन्। अर्लले यात्राको क्रममा उनलाई भेटेका थिए। अर्ल सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल र भियतनाम युद्धका प्रमुख व्यक्ति थिए।

टाइगरको वास्तविक नाम एल्ड्रिक टोन्ट हो। उनको पहिलो नाम एल्ड्रिक उनकी आमाले राखेकी थिइन्। उनको बीचको नाम ‘टोन्ट’ थाई भाषाको नाम हो। उनको निकनेम ‘टाइगर’ उनको बुबाको नामबाट राखिएको थियो। टाइगर नाम उनको बुवालाई सम्मानस्वरूप दिइएको थियो।

दुई वर्ष पुग्नुभन्दा पहिले नै उनका बुबाले उनलाई गल्फ खेल सिकाएका थिए। उनका बुवा पनि गल्फ खेल्न मन पराउँथे। उनका बुवा कन्सास स्टेट विश्वविद्यालयमा सबैभन्दा पुरानो बेसबल खेलाडी थिए। उनका बुवाले उनलाई मेहनत ग¥यौ भने राम्रो नतिजा पाउँछौ नत्र भाग्यमा नै अड्केर बस्छौ भनेर सधैं उत्प्रेरित गरिरहन्थे।

दुई वर्षको उमेरमा टाइगरले एक टेलिभिजन कार्यक्रममा पनि आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। तीन वर्षको उमेरमा उनले नौ होल सर्ट लगाए। सात वर्ष पुग्नुभन्दा पहिले उनले साइप्रस, क्यालिफोर्निया र नेवि गल्फ कोर्सले आयोजना गरेको खेलमा भाग लिए र जिते। सन् १९८४ मा आठ वर्षको उमेरमा उनले जुनियर वल्र्ड गल्फ च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको प्रतियोगीको रूपमा जित हासिल गरे।सन् १९९१ मा उनी सबैभन्दा सानो उमेरको ‘जुनियर अमेच्योर च्यापियन’ बने। दोस्रो वर्ष पनि दक्षिण क्यालिफोर्निया ‘अमेच्योर प्लेयर अफ दी इयर’ उनी नै बने। उनको पहिलो ठूलो राष्ट्रिय जुनियर प्रतियोगिता सन् १९८९ मा सम्पन्न भयो। त्यतिबेला उनी जम्मा १३ वर्षका थिए। उनका बुवाले छोराको प्रशंसा गर्दै भनेका छन् ,‘जब टाइगर ११ वर्षका थिए त्यतिबेला उनलाई मैले गल्फ खेलेर हराएको थिए। त्यसपछि कहिल्यै पनि मैले टाइगरसँग जितिनँ।’

सन् १९९६ मा २० वर्षको उमेरमा उनी व्यावसायिक गल्फ खेलाडी बने। सन् १९९७ उनले गल्फ र्‍याङ्किङमा प्रथम स्थान हासिल गरे। त्यो समयमा उनले व्यावसायिक गल्फ खेल्न लागेका एक वर्ष पनि पुगेको थिएन। २१औं शताब्दीको पहिलो दशकमा वुड गल्फमा प्रमुख शक्तिका रूपमा स्थापित भइसकेका थिए।

सन् १९९९ देखि सन् २००४ सम्म र सन् २००५ देखि सन् २०१० सम्म उनी विश्वका शीर्ष स्थानका गल्फर बने। त्यो समयसम्म उनले १३ च्याम्पियनसिप जितिसकेका थिए।

उनको करियरको अर्काे दशक व्यक्तिगत समस्या र चोटपटकबाट गुज्रियो। सन् २०११ मा उनको श्रेणी खस्कियो। तर, प्रयासपछि उनले फेरि पहिलेकै स्थान प्राप्त गरे। गल्फ खेल्ने समयमा उनले गल्फ र होललाई त्यतिबेलासम्म हेरिरहन्थे जतिबेलासम्म उनको दिमागमा बल होलभित्र जान्छ भन्ने तस्बिर बन्दैनथियो। जुन खेलमा उनले भाग लिन्थे त्यो खेलमा बाँकी खेलाडीको स्कोर नै कम हुन्थ्यो। किनकि उनी सहभागी भएको खेलमा कसैलाई पनि पहिलो हुने आशा नै हुन्नथियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.