किम पोसिबलको सफलता

किम पोसिबलको सफलता

किम पोसिबल अमेरिकी एनिमेटेड कार्टुन शृंखला हो। यो एक्सन र कमेडीमा आधारित छ। यो कार्टुनको कथा हाइस्कुलमा पढ्ने विद्यार्थी किम पोसिबलको बारेमा छ।

किम विश्वलाई बचाउनको लागि अपराधीसँग लड्छन्। किमलाई उनको साथी रन, घरपालुवा मुसो रुफस र १० वर्ष पुरानो कम्प्युटर बेडले सहयोग गर्छन्। किम र रनको योजना पागल वैज्ञानिक, सुपरभिलेन डाक्टर ड्राकेन र उनको साइडकिक सेगोको योजनालाई असफल पार्नु हो।

डिज्नी च्यानल लेखक स्कुली र मार्क एमसी कर्कलेले यो कार्टुन निर्माण गरेका हुन्। यो कार्टुनले साना र ठूला दुवै उमेरसमूहका बालबालिकालाई आकर्षित गरेको छ। एनिमेसनमा महिला पात्रको भूमिका नराखिने समयमा यस कार्टुनका रचनाकारले सेगोको परिकल्पना गरेका थिए। उनले आफ्नो हाइस्कुलको अनुभवलाई समेटेर कार्टुन बनाएका हुन्।

सन् २००२ मा कार्टुन निर्माण सुरु भएको थियो भने सन् २००७ मा यसको अन्तिम एपिसोड प्रदर्शन गरिएको थियो। कार्टुनले थुप्रै पुरस्कार पनि प्राप्त गरेको छ। यसका चार सिजन र ८७ एपिसोड छन्। टेलिभिजनमा कार्टुन प्रदर्शनको समयावधि ११ मिनेट रहेको छ।

यो कार्टुन अमेरिकाको मिडलटन सहर, किम पोसिवलको जीवन र उनको क्रियाकलापमा आधारित छ। किम हाइस्कुल पढ्ने विद्यार्थी हुन्। उनी सधैं अपराध र दैनिक मुद्दाहरूको सामना गर्दै अपराधको विरुद्ध लड्छन्। रन उनको मिल्ने साथी हुन्। रनको व्यक्तिगत डर, असुरक्षाले उनीहरूको मिसन सधैं जोखिममा पर्छ।

डाक्टर ड्र्याकन एक पागल वैज्ञानिक हुन्। जसले विश्वमा प्रभुत्व कायम गर्न षड्यन्त्र रचिरहेका हुन्छन्। किम उनैका विरुद्ध लडिरहेका छन्। हाइस्कुलमा उनको मिल्ने साथी मोनिक र बोनी रकवालर छन्। किम उनीहरूको परिवारसँग बस्छन्।

कार्टुनका पात्रहरू

किम्बर्ली एन अर्थात किम पोसिबल : किम कन्फिडेन्ट छन् र स्कुलको लोकप्रिय विद्यार्थी हुन्। विश्वको सुरक्षा किमको जिम्मेवारी हो। यो उनको किशोर अवस्थाको ठूलो चुनौती हो। उनी बहुप्रतिभावान् र बहादुर छन्। उनको मुख्य लडाइँ डाक्टर ड्र्याकन र सेगोसँग छ।

रोनाल्ड ‘रन’ स्टपेबल : उनी किमका बाल्यकालका साथी हुन्। उनी डरपोक, असामाजिक, भद्दा र आफ्नो साथीहरूमाझ अलोकप्रिय छन्। किमको तुलनामा उनी द्धन्द्धमा पनि असक्षम छन्। तर, पछि परिपक्व हुँदै, साथीहरूको आत्मविश्वास प्राप्त गरेका छन्। आफ्नो योग्यता प्रमाणित गरिसकेका छन्।

रुफस : रुफस रोनको घरपालुवा मुसो हो। जसले किम र रनसँगै मिसनमा उनीहरूको गोजीमा बसेर यात्रा गरिरहेको हुन्छ।

वेड लोड : यो १० वर्ष पुरानो कम्प्युटर हो। यसले किम र रनलाई उनीहरूको मिसनको बारेमा जानकारी दिन्छ।

डाक्टर ड्राकेन : उनको जन्म थिओडोर पी लिप्स्किीमा भएको थियो। उनी किमको शत्रु हुन्। उनी पागल वैज्ञानिक हुन्। जसले विश्व प्रभुत्वको षड्यन्त्र रचेका छन्। उनका अधिकांश योजनाहरू किमको कारण असफल भएका छन्। उनीसँग धैर्य र बुद्धि दुवैको कमी छ। आफ्नो गल्ती र प्रयोशालामा दुर्घटनाको कारण उनको छाला सधैंको लागि नीलो भएको छ।

सेगो : उनी किमको विपक्षी र सबैभन्दा खतरनाक महिला लडाकु हुन्। उनी अलौकिक सुपरवुमन हुन्। सुपरहिरोको एक टिमको उनी एक्लो महिला सदस्य पनि हुन्। उनी आफ्ना चार भाइहरूसँग टिम ‘गो’ को सदस्यका रूपमा परिचित छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.