एलर्जीबाट दम होला नि !

एलर्जीबाट दम होला नि !

भाइबहिनीहरू, एलर्जी भन्ने शब्द सुनेकै होलाउ। धेरैजनाले आफूलाई मन नपरेको अवस्था आएको बेला एलर्जी भएको भन्दै सुनाउने गर्छन्। मन नपर्ने खाना खानु परे एलर्जी हुने, शरीर चिलाएर एलर्जी भइरहेको वा चिसोका कारण पनि एलर्जी भएको भन्दै सुनाउने व्यक्तिहरू देखेको वा भेटेको हौला हैन ? आज हामी एलर्जीको बारेमा जानकारी दिँदैछौं। यसले कस्तो स्वास्थ्य अवस्था निम्त्याउँछ भन्ने कुरा बरिष्ठ बालरोग विशेषज्ञ डा. कमलराज शर्माबाट जानौं है।

डा. शर्माका अनुसार एलर्जी एक दीर्घ अवस्था हो। कुनै पनि उमेरका व्यक्तिलाई एलर्जी हुने गर्छ। एजर्लीले महिला पुरुष दुवैलाई सताउँछ। हामीले दिनहुँ कुनै न कुनै काम गरिरहेका हुन्छौं। त्यहीँबेला विभिन्न बाहिरी तत्वसँग शरीरको सम्पर्क भइरहेको हुन्छ। ती तत्वले शरीरको कुनै पनि भागमा संवेदनशील रूपले कुनै न कुनै प्रतिक्रिया देखा पार्न सक्छन्। एलर्जीबाट हुने असामान्य प्रतिक्रियालाई एलर्जिन भनिन्छ।

एलर्जीका लक्षण

हाच्छ्युँ आउने

शरीरमा डाबर निस्कने

छाला चिलाउने

बान्ता हुने

नाकबाट सिंगान बगिरहने

एलर्जिक राइनाइटिस भएमा नाकसँग जोडिएर लक्षणहरू देखा पर्ने डा. शर्माको भनाइ छ। एलर्जिक डर्माटाइटिस भएमा त्यसको प्रतिक्रिया छालामा देखा पर्न सक्छ। त्यस्तै श्वास नलीमा एलर्जी हुन गएमा दमका लक्षणहरू देखिन सक्छन्। बालबालिकामा हुने दम कुनै न कुनै रूपमा एलर्जीसँग सम्बन्ध राखेको हुन्छ। पाँच वर्षभन्दा मुनिका बालबालिकामा दम देखा परेको छ भने त्यो पनि एलर्जिनसँग सम्बन्धित हुन्छ। स्कुल जाने उमेरका बालबालिकालाई विशेषगरी छालासम्बन्धी एलर्जी र नाकसम्बन्धी एलर्जीले सताउने गरेको डा. शर्माको भनाइ छ।

सामान्यतया शरीरको प्रतिरक्षा प्रणालीले कीटाणुसँग लड्ने काम गर्छ। यदि एलर्जीले बढी पिरोलेको अवस्थामा प्रतिरक्षा प्रणालीलाई दबाउँछ। त्यसपछि प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउँछ। यसरी प्रतिक्रिया जनाउनमा जिन र बाहिरी वातावरणीय अवस्थाले पनि भूमिका खेलेको हुन्छ।

एलर्जीको कारण

आनुवंशिकता

संक्रामक रोगको जोखिम

वातावरणीय प्रदूषण

अचानक आहार परिवर्तन

तनाव

उपचार

एलर्जी भएको अवस्थामा घरमा बसिरहनु हुँदैन। सम्बन्धित विशेषज्ञ वा चिकित्सकसँग स्वास्थ्य जाँच गराउनुपर्छ। बालबालिकालाई दम भएको छ भने एलर्जीको अवस्था बारे बुझ्नुपर्छ। एलर्जीको मूल्यांकन गरेर मात्र दमको निदान र उपचार गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.