असल शिक्षक बन्न तालिम जरुरी

असल शिक्षक बन्न तालिम जरुरी

विपना कुँवर । शिक्षक त्यो हो, जो आफू शिक्षित भई समाजमा शिक्षाको सकारात्मक धारणा विकास गराउँछ। अर्को शब्दमा भन्दा जसले समाजमा दक्ष, सक्षम र सबल जनशक्ति उत्पादन गरी देशको मुहार परिवर्तन गराउने कार्य गर्छ, त्यही शिक्षक हो।

विद्यार्थीको भविष्य शिक्षकमा नै निर्भर रहन्छ। तसर्थ, एउटा सफल र सक्षम शिक्षक हुन तालिम आवश्यक हुन्छ। तालिमले नै अध्यापन शैलीदेखि बालबालिकाका मनोविज्ञान बुझाउन मद्दत गर्छ। असल र दक्ष शिक्षक बन्नका लागि पढ्न जान्ने भएर मात्र हुँदैन। अर्थात् शिक्षकका गुण अवगुणदेखि सम्पूर्ण कुरा बुझ्न तालिम लिनुपर्छ। यसका लागि निकै मेहनत र लगनशीलता चाहिन्छ। जसरी एक सफल ड्राइभर बन्न ड्राइभिङ लाइसेन्स चाहिन्छ। डाक्टर बन्न वर्षौको मेहनत चाहिन्छ। ठीक त्यसैगरी सफल शिक्षक बन्न समयसापेक्ष तालिम लिनु आवश्यक हुन्छ।

यसबारे मैले अनुभव गरेको केही कुरा यहाँ उल्लेख गरेको छुँ। जब मैले शिक्षक बन्ने तालिम लिएँ तबदेखि म एकदमै प्रभावित भएँ। किनभने यसले मलाई शिक्षाप्रतिको अवधारणा, विद्यार्थीलाई शिक्षण गराउने जस्ता विभिन्न कुराहरू सिक्ने मौका पाएँ। आज म तालिममा सिकाइएका तरिका वा शैलीलाई मेरो शैक्षिक र व्यावहारिक जीवनमा सकेसम्म उपयोग गर्न प्रयासरत छु।

तालिममा विद्यार्थी र शिक्षक दुवैका लागि भलो हुने कुरा सिकाइन्छ। विद्यार्थीलाई कसरी सिकाउने ? उनीहरूका रुचि के कस्ता हुन्छन् ? समस्याहरू के कस्ता हुन्छन् ? पाठसँग सम्बन्धित कुरामा के कस्ता शैक्षिक सामग्री कसरी प्रयोग गर्ने ? र प्रभावकारी शिक्षण कसरी गराउने ? भन्ने कुरा सिकाइन्छ। जुन एक शिक्षकले अनिवार्य रूपमा थाहा पाउनुपर्ने कुरा हुन्।

अत : शिक्षक शिक्षित भए पनि तालिमको अभावमा अपूर्ण हुने भएकाले तालिमबाट शिक्षकमा नयाँ नयाँ जोस्, उमंग र सिकाउने शैलीलाई जहिल्यै पुनर्ताजगी गरिरहन्छ। तालिमले बालमनोविज्ञान बुझेर वर्तमान परिपे्रक्ष्यमा आएका शिक्षण पद्धति र विधिअनुसार शिक्षण सिकाइ गर्न मार्गदर्शकको कार्य गरेको हुन्छ।

वास्तवमा विद्यालय र कक्षा एक सानो समाज हो जहाँ फरक शारीरिक, मानसिक, भाषिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवस्थाका बालबालिका विविध शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन्छन्। यसरी पाठ्यक्रमले निर्धारित गरेका उद्देश्य परिपूर्ति गर्न सहज प्रभावकारी र सौहार्दपूर्ण वातावरणमा

निर्देशकभन्दा पनि सहजकर्ता र मार्गदर्शकको रूपमा समय सुहाउँदो ज्ञान, सीप र धारणा सिकाउन एक शिक्षकका लागि तालिम ऊर्जाको रूपमा भूमिका खेल्ने गर्छ। त्यसैले शिक्षकको शिक्षण पेसाका लागि तालिमले गुणस्तरीय शिक्षा प्रदान गर्न उल्लेखनीय भूमिका खेल्छ।

(कुँवर, शुभकामना एकेडेमी, टौदह, कीर्तिपुरकी शिक्षिका हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.