हिरासतबाट फरार थुनुवामध्ये योजनाकारसहित चार पक्राउ

हिरासतबाट फरार थुनुवामध्ये योजनाकारसहित चार पक्राउ

सिरहा :  गत शनिबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट ताल्चा तोडेर भागेका आठ थुनुवामध्ये चार जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी जिल्ला विभिन्न स्थानबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेका छन् । भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो । एकजना तत्कालै पक्राउ परेका थिए ।

शनिबार विवाहपञ्चमी र उपनिर्वाचनका लागि प्रहरी चारैतिर खटिएका थिए । त्यही मौका छोपी साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा प्रेसर कुकुरको डण्डीले तोडेर ८ जना पुरुष थुनुवाहरु फरार भएका थिए ।

फरारमध्ये नरहा गाउँपालिका –१ तिलाठीका २३ वर्षीय नविन यादव, गोलबजार नगरपालिका ६ का २१ वर्षीय गणेश कुमार साह, सखुवान्कारकट्टी गाउँपालिका भोर गाउँका २१ वर्षीय रणधीर यादवसहित तीन जना मंगलबार राति पक्राउ परेका हुन् । हिरासतबाट भाग्ने योजनाकार भनिएका नविन ४५ दिनअघि ८९ बोतल डाइलक्स डिसी (लागूऔषध) सहित पक्राउ परी लागूऔषध मुद्दामा प्रहरी हिरासतमा थिए ।

अर्का योजनाकार गणेश कुमार साह पनि ८९ बोतल डाइलेक्स डिसीसहित पक्राउ परी लागूऔषध मुद्दामा हिरासतमा थिए । रणधीर ४६ बोतल डाइलेक्स डिसी सहित पक्राउ परी लागूऔषध मुद्दा हिरासतमा थिए ।

शनिबारै पक्राउ परेका मेरंगका रोशन खडका पनि लागुऔषध ट्याबलेट सहित पक्राउ परी लागुऔषध मुद्दामा हिरासतमा थिए । उनीहरुलाई सिरहाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

थुनुवाहरुले १५ दिनअघि नै भाग्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट ८ जनासँगै भागेपनि बाहिर सबै एक्लाएक्लै लुकेका थिए । फरारमध्ये योजनाकारसहित चार जना पक्राउ परिसकेका छन् एसपी चतुर्वेदीले भने,‘बाँकीका फरार पनि चाँडै पक्राउ पर्छन् ।’ फरार अन्यलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.