अधिकृतको परीक्षा दस्तुर ३५०० !

अधिकृतको परीक्षा दस्तुर ३५०० !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी पदपूर्ति गर्दा एकै पदका लागि 3 हजार ५ सय रुपैयाँ दस्तुर तोकेको छ । यो दस्तुर महंगो भएको भन्दै सेवाग्राहीले विरोध गरेका छन् ।

आयोगले गत बुधबार सार्वजनिक सूचना प्रकाशन गर्दै ५० पदमा ७५० जना कर्मचारी माग गरेको थियो । सूचना अनुसार सबैभन्दा उच्च तहको पद मानिएको अधिकृत विशिष्ट श्रेणी (सह प्रशासक)को लागि ३ हजार ३५ रुपैयाँ दस्तुर तोकेको छ ।त्यस्तै अधिकृत प्रथम, द्वितीय, र तृतीयमा फाराम भर्नको लागि ३ हजार दुई सय, ३ हजार र २ हजार ८ सय रुपैयाँ दस्तुर तोकेको छ ।

'आर्थिक अवस्था कमजोर भएका विद्यार्थीबाट यति धेरै चर्को शुल्क उठाउन खोज्नुले त्रिवि सेवा आयोगले खुल्ला प्रतिस्पर्धाको नाममा कमाउन मात्र खोजेको देखिन्छ, अधिृकत पदमा आवेदन दिने तयारी गरेका मिनवहादुर सुनारले भने, 'यस्तो मुद्दामा त विद्यार्थी संगठनले पनि ध्यान दिनुपर्ने हो । तर उनीहरुलाई विद्यार्थी र सर्वसाधारणको पक्षमा बोल्ने फुर्सद छैन।'

सेवा आयोगका प्रशासकीय प्रमुख केदारनाथ ढकालले अहिले तोकेको दस्तुर महंगो भएको स्वीकार गरे । तर परीक्षार्थीका लागि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र छपाइलगायतमा खर्च गर्नुपर्ने भएकोले उक्त शुल्क तोक्नुपरेको उनले बताए । 'लोक सेवा आयोगले अधिकृतका लागि तोक्ने गरेको शुल्कको तुलनामा हामीले तोकेको शुल्क महंगै हो,' ढकालले भने ।

निजामति सेवाको पदपूर्ति गर्दै आएको लोक सेवा आयोगले अधिकृत पदका लागि परीक्षा दस्तुर 1000 रुपैयाँ तोक्ने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.