बन्द उद्योग खुलाउन पहल गर्छु :  उद्योगमन्त्री भट्ट

बन्द उद्योग खुलाउन पहल गर्छु :  उद्योगमन्त्री भट्ट

धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योग सञ्‍चालनमा ल्याउन पहल गर्ने बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कैलाली आइपुगेका भट्टले धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, 'आर्थिक समृद्धिका लागि उद्योग सञ्चालन महत्वपूर्ण हो, के कति कारणले उद्योग बन्द भएका छन् त्यसको खोजी हुनु अहिलेको आवश्यकता हो।' 

सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि पनि छलफल सुरु भएको बताए । उनले सुख्खा बन्दरगाह नहुँदा व्यवसायी गर्न समस्या भएको बताउँदै त्यसका लागि आवश्यक पर्ने स्रोत साधन जुटाउन पहल भइरहेको आश्वासन दिए।

मन्त्री भट्टले अहिलको मनलाग्दी बजार मूल्यलाई नियन्त्रण गर्न प्रतिबद्ध हुने बताए । स्थानीय तहमा रहेका स-साना उद्योग एकीकृत गरी सञ्चालनमा ल्याउन अहिलको आवश्यकता भएको बताए । 

सुदूरपश्चिममा रहेका नेपाल-भारत नाका व्यवस्थित गर्न गौरीफण्टा नाकालाई व्यवस्थित गर्न सुख्खा बन्दरगाह नहुँदा समस्या भएको बताउँदै सञ्चालनमा ल्याउन विशेष पहल गरिने दावी गरे ।पश्चिमको पर्यटनलाई व्यवस्थित गर्नका लागि छलफल सुरु भइसकेको मन्त्री भट्टको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.