सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल : रक्षामन्त्री पोखरेल

सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल : रक्षामन्त्री पोखरेल

विराटनगर : उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र भारतबीचको सीमा विवाद समाधानका लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।  लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपाल सरकारले कूटनैतिक र राजनैतिक तवरबाट उच्चस्तरीय पहल गरिरहेको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले सरकारको तर्फबाट औपचारिक रुपमा सीमा विवादको जानकारी गराउन भारत सरकारलाई अनुरोध पत्र पठाइसकिएको बताए । 'हाम्रो 'पोजिसन ' को बारेमा जानकारी दिएर भारत सरकारलाई औपचारिक रुपमै अनुरोध गरिएको छ,' उनले भने, 'भारतसँग कुनै समय माग नगरिकन सीमाका विषयमा तत्काल जानकारी दिन आग्रह गरिएको हो ।'
 

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आब्हान गरेको नेकपा सचिवालय बैठकमा अनुपस्थित भएको विषयमा जानकारी दिँदै उनले त्यस दिन पार्टी अध्यक्षलाई भनेर नै पूर्व निर्धारित कार्यक्रमअन्तर्गत आफू इलाम गएको बताए । 'सल्लाह गरेर सहमतिमै सचिवालय बैठक बोलाइएको हो,' पोखरेलले भने, 'त्यस दिन म पूर्व निर्धारित कार्यक्रमअनुसार नै इलाम गए पनि बैठकका विषयलाई लिएर कुनै दुविधा र विवाद छैन ।'
 
भक्तपुर र धरानमा सम्पन्न उप-निर्वाचनको नतिजाका विषयमा चारदिनभित्र जानकारी दिन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको उनले बताए । 'उप-निर्वाचनमा भएका घटनाक्रमलाई चारदिनभित्र व्यवस्थित समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको छ,' नेकपा नेता समेत रहेका पोखरेलले भने, 'उक्त प्रतिवेदनका विषयमा आगामी सोमबार हुने पार्टीको सचिवालय बैठकमा थप समीक्षा गरेर निर्णय लिइने छ ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.