प्रदेश- १ सरकारविरुद्ध १४ मुद्दा

प्रदेश- १ सरकारविरुद्ध १४ मुद्दा

विराटनगर : प्रदेश १ मा प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा परेका छन् । आर्थिक वर्ष २०७५/७६मा प्रदेश सरकारले निर्माण गरेको प्रदेश कानुनविरुद्ध १४ वटा मुद्दा उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा परेको हो ।

प्रदेश १का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी' समक्ष पेश गरेको आर्थिक वर्ष २०७५÷७६को वार्षिक प्रतिवेदनमा प्रदेश कानुनविरुद्ध मुद्दा परेको उल्लेख गरिएको छ । 

संविधानमा गरिएको व्यवस्था अनुसार बुझाएको प्रतिवेदनमा संसदीय कानुनसँग सम्बन्धित काम कारवाहीमा प्रदेश सरकार  विरुद्ध १३  र स्थानीय तहका कानुनसँग सम्बन्धित काम कारवाहीमा प्रदेश सरकारलाई समेत विपक्षी बनाई ९ वटा मुद्दा परेको उल्लेख गरिएको छ । 

मुख्य न्यायधिवक्ताको काम,कर्तव्य, अधिकार र सेवाका अन्तर्गत सम्बन्धित ऐन २०७५को दफा १२ बमोजिम मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामकाजको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान अनुसार शुक्रबार पेश गरिएको हो ।

मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यका अनुसार प्रतिवेदनमा प्रदेश सरकार पक्ष र विपक्ष भइ चलेको मुद्दा सम्बन्धी वितरण , सरकारवादी भई चल्ने मुद्दामा भविष्यमा गरिनुपर्ने सुधार  तथा आफ्नो मातहतका कार्यालयको भौतिक स्थिति ,कार्यबोझ , काम कारबाहीको स्थिति तथा सिफारिस र सुझावहरु समेत उल्लेख गरिएको जानकारी दिए । 

आर्थिक वर्षको तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेमा ५ महिना पछि पेश गरिएको हो। मुख्य न्यायधिवक्ता चुडामणि आचार्यका अनुसार आर्थिक वर्ष २०७५÷७६मा प्रदेश सरकार प्रत्यार्थी भई दायर भएका १२ वटा मुदाहरु उच्च अदालत विराटनगबा फैसला भएका छन्।

हाल सर्वोच्च अदालतमा ७, उच्च अदालतमा विराटनगरमा १४ , उच्च अदालत विराटनगरमा, ओखलढुगां इजलासमा ३र उच्च अदालत विराटनर ,एलाम इजदासमा १बाट मुद्दाहरु चालु अवस्थामा रहेको जानकारी दिए । 

मुख्य न्ययधिवक्ता चुडामणी आचार्यले अझै पनि काम गर्न जटिल अवस्था रहेको बताए । संविधानमा प्रदेशको एकल अधिकार सूचीमा क्षेत्रलाई पनि व्यवस्थापन गर्न नसकिएको उनको भनाई रहेको  थियो ।

प्रदेश प्रहरी,प्रदेशको फौजदारी मुद्दालगायतका विषयलाई अझै आफ्नो क्षेत्राधिकार भित्र ल्याउन नसकिएको बताए ।उनले प्रदेश सरकारले अहिले सर्वोच्च र उच्च अदालतमा ५० वटा मुद्दा खेपिरहेको बताए ।  प्रदेश प्रमुखको कार्यालयको सचिव गोपी घिमिरेले मुख्य नयायाधिवक्ताले प्रदेश प्रमुखसमक्ष पेश भएको वार्षिक प्रतिवेदन प्रदेश सरकार र प्रदेशसभामा पठाउने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.