पर्यटक बसबाट १ करोडको सामान बरामद

पर्यटक बसबाट १ करोडको सामान बरामद

परासी : दिल्ली–चितवन चल्दै आएको पर्यटक बसबाट एक करोड बराबरको अवैध सामान बरामद भएको छ। पश्चिम नवरपरासी प्रहरीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा ना ८ ख १२०३ नम्बरको बसबाट उक्त सामान बरामद गरेको हो।

प्रहरी उपरीक्षक लालमणि आचार्यले रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा भैरहवाबाट पछ्याउँदै आएको बताए। भैरहवाबाट परासीहुँदै चितवन जानुपर्ने बस बुटवल पुगेको थियो। ३१ जना नेपाली यात्रु लिएर आएको बसमा भूमही आइपुग्दासम्म ११ जना यात्रु थिए। यात्रु ओराल्न बस बुटवल पुगेको बताइएको छ।

सुनौलीदेखि बुटवलहुँदै भूमहीसम्म राजश्व कार्यालयको चेक पोष्टसहित करिब १० बढी स्थानमा सशस्त्र र नेपाल प्रहरीको चेक पोस्ट छन्। ति सबै चेक पोस्ट पारगर्दै आएको बसलाई भूमहीमा चेकजाँच गर्ने क्रममा मोबाइल, ट्रयाकसुट, महँगा औषधिलगायतका समान फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए।

बसको छतमा लामो टिनको फल्ट बटम बनाएर उक्त सामान लुकाइएको थियो। बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाइल छन्। एउटा मोबाइलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्ने बताइएको छ। यस्तै, १८ बोरा ट्र्याकसुट र ८ कार्टुन औषधि छन्। बरामद भएको औषधिमा यौनवद्र्धक आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ। बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.