हत्याको आरोपमा चितवनबाट ५ जना पक्राउ

हत्याको आरोपमा चितवनबाट ५ जना पक्राउ

चितवन : हत्या आरोपमा चितवन प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिकाका अविनास महतो हत्याको आरोपमा प्रहरीले शनिबार किशोरीसहित ५ जनालाई पक्राउ गरेको हो।

हत्यामा संलग्न भएको आरोपमा भरतपुरका  दिपेन्द्र महत्तो, यमकुमार महत्तो, विनोद कुमार महत्तो र विजय महत्तोलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए। 

मङ्सिर १२ गते हराएका अविनाश तीन दिनपछि मृत फेला परेका थिए। हत्या गरेर उनको शरिरलाई गाडिएको अवस्थामा फेला परेको थियो। अविनासको मंसिर १३ गते राति नौ बजेको समयामा हत्या भएको प्रहरीले जनाएको छ। 

किशोरीसँगको सम्बन्धका कारण अविनासको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट  खुलेको छ। उनले किशोरीलाई भेट्न बोलाएका थिए। बहिनी घर बाहिर निस्केको देखेपछि उनका दाजु यमकुमार र दिपेन्द्रले अविनासलाई कुटपीट गरेको आशंका प्रहरीले गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.