उत्तरपुस्तिकामा हेरफेर : पनिकाका लेखा अधिकृतसहित चारविरुद्ध मुद्दा

उत्तरपुस्तिकामा हेरफेर : पनिकाका लेखा अधिकृतसहित चारविरुद्ध मुद्दा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाअधिकृत कमलप्रसाद दाहालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल गरेको आरोपमा पनिकाका लेखाअधिकृत दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी, सोही क्याम्पसमा परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस र गाईघाटका परीक्षार्थी हीरा कटुवालविरुद्ध अख्तियार दुरुपयोग अुनसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उत्तरपुस्तिका साटासाट तथा परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई लेख्न लगाइएको अख्तियारको दाबी छ। लेख्न लगाएपछि फेरि सोही वास्तविक कभरपेजमा स्टिच लगाएको पुष्टि भएको पनि जनाइएको छ। एकापसमा मिलेमतो गरी जानुका र हीराको परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेर ओहोदा र पदको दुरूपयोग गरेको खुलासा भएको छ।

लेखा अधिकृत दाहालले प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गरेको सप्रमाण पुष्टि भएकाले उनीविरुद्ध एक वर्ष कैद र १० हजारसम्म जरिवानाको माग गरिएको छ। त्रियुगा क्याम्पसका प्रशासन सहायक चौधरीले पनिकाका लेखाअधिकृत दाहालको मिलोमतोमा परीक्षार्थीद्धय जानुका र हीरालाई परीक्षा केन्द्रबाहिर उत्तरपुस्तिका लेख्न लगाई साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरेर लाभ दिने दिलाउने कार्यमा मतियारको भूमिका निभाएको आरोप पत्रमा उल्लेख छ।

त्रियुगाका क्याम्पसका सहायक चौधरी, परीक्षार्थीद्धय जानुका र हीरालाई मतियारको रूपमा पनिकाका लेखाअधिकृत दाहालभन्दा आधा सजायको माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.