आठ वर्षदेखि अनाधिकृत रुपमा नेपाली विद्युत भारतमा आपुर्ति

आठ वर्षदेखि अनाधिकृत रुपमा नेपाली विद्युत भारतमा आपुर्ति

परासी : पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा रहेको भारतीय कस्टम (भन्सार कार्यालय) ले सरकारी निकायको अनुमति बिना अनाधिकृत रुपमा नेपालको विद्युत प्रयोग गरेको पाइएको छ। महेशपुरस्थित दसगजा नजिक रहेको नेपाली एक पसलबाट भन्सार कार्यालयमा अनाधिकृत रुपमा विद्युत लगिएको पाइएको हो।

नेपालबाट सिधै व्यक्तिका घरमार्फत भारतमा विद्युत लैजान नपाइने भएपनि विगत केही वर्षदेखि कस्टमले अनाधिकृत रुपमा नेपाली विद्युत प्रयोग गरिरहेका छन्। दसगजा नजिक सञ्चालनमा रहेको गुप्ता मदिरा पसलमा मिटर राखेर उक्त कार्यालयलाई विद्युत बेचिएको छ। भारतमा विद्युत आपुर्ति नियमित नभएपछि ८ वर्ष वर्षअघिबाट कार्यालयले अनाधिकृत विद्युत प्रयोग गरेर लगेको स्थानीयले बताएका छन्।

भाडामा बस्दै आएका मदिरा पसलका सञ्चालक बैजुप्रसाद गुप्ताले अवदेश कुर्मीको नामको मिटर निकालेर विद्युत लगेको बताए।‘पसलमा ४ फेसको लाइन छ। दुई फेस कस्टममा लगेका हुन्’ उनले भने। विद्युत प्रयोग गरेबापत गर्मीयाममा १५ देखि १६ हजार र जाडोयाममा ७ देखि ८ हजार महशुल उठ्ने गरेको छ। उक्त रकम भारतीय अधिकारीहरुले नै भुक्तानी गर्छन्। एसएसबी र कस्टमको भवन निर्माणका क्रममा विद्युत अपुग भएकाले मिटर राखेर दिइएको कुर्मीले बताए। ‘व्यवहारिक रुपमा दिएका हौं। दिन नमिल्ने भए म तुरुन्त लाइन बन्द गरिदिन्छु’ कुर्मीले भने।

नेपालको कानुनअनुसार सरकारी निकायसँग अनुमति नलिइ त्यसरी भारतमा विद्युत वितरण गर्न नपाइने नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर टंकनाथ सापकोटाले बताए। उनले भने ‘दसगजा नजिक रहेको नेपाली पसलबाट मिटर राखेर भारततर्फ व्यक्तिले विद्युत बेचेको जानकारी आएको छ। त्यसरी विद्युत बेच्नु गैरकानुनी हो। कार्यालय प्रमुख आएपछि छलफल गरेर केही दिनमा लाइन काट्छौं’ सापकोटाले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.