'ढुंगेधाराको पानी पर्यटकलाई मसला'

'ढुंगेधाराको पानी पर्यटकलाई मसला'

ललितपुर : ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारामा पानी खसाल्न सके पर्यटकका लागि मसला हुने बताएका छन्। भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै महानगरले ढुंगेधारामा पानी खसाल्ने जमर्को गरेको जानकारी दिए। पाटन दरबार घुम्न आउने पर्यटकलाई आकर्षित गर्न ढुंगेधारामा पानी ल्याउन आवश्यक रहेको जनाए। उनी एक पटक आएको पर्यटकलाई बारम्बार आउने वातावरण बनाउन लागिपरेको अभिव्यक्ति दिँदै आएका छन्।

महर्जनका अनुसार पहिलो चरणमा पाटनका तीन वटा धारामा पानी ल्याउने काम अगाडि बढेको छ। यस विषयमा बुधबार बैठक सम्पन्न भएको थियो। सुन्धारा, भनीमण्डल र सिन्चा हिटीमा पानी तुरुन्तै पानी ल्याउने र अन्यमा पनि यथाशीघ्र पानी ल्याइने उनले दाबी गरे।

‘विशेषज्ञले पाटनका ११ वटा धारामा पानी झारिदिने बचन दिएका छन्’, महर्जनले भने, ‘सुरुमा तीन वटाको पानी आएपछि मात्र अन्य आठ वटामा ल्याइनेछ।’ त्यसपछि बाँकी रहेका अन्य धारामा पानी ल्याउने प्रक्रिया सुरु गरिनेछ।

ललितपुर महानगरमा ४७ वटा ढुंगेधारा छन्। तीमध्ये वडा ६ मा सुन्धारा, वडा १७ मा भनीमण्डल र सिन्चाहिटी छन्। तर, तीनै वटा धाराका मुहान मासिएका कारण लामो समयदेखि पानी आएको छैन। यी धाराका मुहान वडा १५ को नाय्ख्यमा छ। नाय्ख्यमा राजकुलोबाट आएको पानी जम्मा भएर ढुंगेधारासम्म पुग्छ। तर, वर्षौंदेखि ढुंगेधारामा पानी आउन सकेको छैन।

राजकुलोको अवस्था पनि लथालिंग छ। टीकाभैरवबाट सुनाकोठी हुँदै बनाइएको राजकुलो सुनाकोठीसम्म ठीकै छ। यद्यपि, सुनाकोठीभन्दा अगाडिका राजकुलो मासिएको छ। यस विषयमा कानुन बनाएर अगाडि बढ्नुपर्ने वडा १५ का अध्यक्ष सुदर्शन मि श्रले बताए। उनले भने, ‘कानुन निर्माण गरेर दण्डित र पुरस्कृत गर्नुपर्छ।’

मेयर महर्जन ढुंगेधारा सम्पदाको एउटा महत्वपूर्ण पाटो रहेकाले यसलाई बचाउन आवश्यक रहेको बताउँछन्।। ललितपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा आफू सधैं तत्पर रहेको उनले बताए।

यतिबेला विशेषज्ञको टोलीले ढुंगेधारामा पानी ल्याउन निकै कसरत गरिरहेका छन्। त्यसमध्येका प्रयागलाल जोशीले पानीको मुहान मासिसकेको र संरक्षण नगरेकाले पुनर्जीवित गर्न आवश्यक रहेको बताए। ढुंगेधारामा पानी ल्याउने विषयमा स्थानीयसँग विभिन्न चरणका बैठक बसेको र उपभोक्ता समितिसमेत गठन गरेको मेयर महर्जनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.